उत्पादन घटेपछि चिलिमेको नाफामा गिरावट, प्रतिशेयर आम्दानी ८ रुपैयाँ कम

Nov 15, 2018 Merolagani

चिलिमे हाइड्रोपावर कम्पनी (CHCL) ले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा खुद नाफा घटेको वित्तिय विवरण सार्वजनिक गरेको छ । हाइड्रोले २६ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत बर्षको यसै अवधिको तुलनामा खुद नाफा ४ करोड १२ लाख रुपैयाँले कम हो । हाइड्रोले गत बर्ष ३० करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

हाइड्रोको विद्युत विक्रीबाट भएको आम्दानी घटेपछि खुद नाफामा गिरावट आएको हो ।

गत बर्ष विद्युत विक्री मार्फत् ३६ करोड ९५ लाख रुपैयाँ आम्दानी गरेको हाइड्रोले चालु आर्थिक बर्षको प्रथम त्रैमासमा ३६ करोड १६ लाख रुपैयाँ बराबरको मात्र विद्युत विक्री गरेको छ ।

हाइड्रोले असोज मसान्तसम्मको विद्युत विक्री आय ७९ लाख १४ हजार रुपैयाँ अर्थात् २.१४ प्रतिशतले कमी भएको विवरणमा उल्लेख गरेको छ ।

विद्युत विक्री घट्नुका साथै हाइड्रोको सञ्चालन खर्च र प्रशासनिक खर्चमा समेत बढोत्तरी देखिएका कारण हाइड्रोको खुद नाफा घटेको हो ।

यसका साथै हाइड्रोको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ५६ पैसाले घटेको छ । गत बर्ष ३५ रुपैयाँ ८६ पैसा रहेकोमा यो बर्ष हाइड्रोको प्रतिशेयर आम्दानी २७ रुपैयाँ ३ पैसा छ ।

हाइड्रोको ब्याज आम्दानी १५० प्रतिशतले बढेको छ । गत बर्ष ६४ लाख रुपैयाँ ब्याज आम्दानी गरेको हाइड्रोले समीक्षा अवधिमा १ करोड ६० लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ ।

३ अर्ब ९६ करोड चुक्ता पूँजी रहेको हाइड्रोको प्रतिशेयर नेटवर्थ २३१ रुपैयाँ २० पैसा र मूल्य आम्दानी अनुपात २६.६४ गुणा छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।