प्रुडेन्सियल इन्स्योरेन्सले कमायाे तीन करोड ३२ लाख खुद नाफा

Nov 16, 2018 Merolagani

प्रुडेन्सियल इन्स्योरेन्स (PICL) ले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा गत आर्थिक वर्षको यसैअवधिको तुलनामा ८० लाख रुपैयाँले बढी हो। गत वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले २ करोड ५२ लाख रुपैयाँँ खुद मुनाफा कमाएको थियो ।

कम्पनीले यस अबधिमा १३ करोड ७७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।

जुन गत वर्षको यसै अवधिको तुलनामा १ करोड ७ लाख रुपैयाँले बढी हो । गत वर्षको यस अवधिमा कम्पनीले १२ करोड ६९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीले यस अवधिमा पुर्नबीमा कमिशन वापत ५ करोड ७९ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट ९२ लााख ६१ हजार रुपैयाँ आम्दानी गरेको छ ।

६४ करोड १५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले जगेडा कोषमा १९ करोड ३२ लाख रुपैयाँ, बीमा कोषमा ४२ करोड १८ लाख रुपैयाँ सञ्चित छ ।

यस अवधिमा कम्पनीले ३६ करोड १७ लाख रुपैयाँ कुल बीमा शूल्क आर्जन गरेको छ भने हालसम्म ३१ हजार ९५२ वटा बीमाहरु जारी गरेका छन् । कम्पनीले १३ सय दाबी वापत १६ करोड ८० लाख रुपैयाँ कूल भुक्तानी गरेको छ ।

यस्तै २ हजार ९४९ दाबी वापत ७३ करोड ३० लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ । कम्पनीको प्रति शेयर आम्दानी २० रुपैयाँ ७२ पैसा, प्रति शेयर नेटवर्थ १९५ रुपैयाँ ८८ पैसा र मुल्य आम्दानीको अनुपात ३५.२३ गुणा बढी छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।