पूँजीसँगै प्रतिशेयर आम्दानी बढाएको प्राइमले लगानीकर्तालाई बनायो आशावादी

Nov 16, 2018 Merolagani

प्राइम कमर्सियल बैंक (PCBL) ले गत आर्थिक वष वर्षकाे पहिलो त्रैमासको तुलनामा चालू आर्थिक वर्षको पहिलो त्रैमासमा लगानीकर्तालाई आशावादी बनाउने अवस्था देखाएको छ। समीक्षा अवधिमा चुक्ता पूँजी बढाउँदा पनि बैंकले प्रतिशेयर आम्दानीमा फराकिलो अंकको सुधार गरी लगानीकर्ताको अपेक्षा निराशामा बदल्न नदिएको हो ।

५८ करोड १९ लाख खुद नाफा 

गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३९ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ५८ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

केही वित्तीय संस्थासँग मर्जरको प्रकृयामा रहेको बैंक यस अघि पनि विभिन्न संस्थालाई मर्जर गरेका कारण नै कमाई बढाउँदै प्रतिशेयर आम्दानी निरन्तर बढाउन सकेको हो ।

प्रतिशेयर आम्दानी २८ रुपैयाँ ९७ पैसा 

समीक्षा अवधिमा ६ अर्ब ३२ करोड ५४ लाख रुपैयाँको चुक्ता पूँजीलाई बढाएर ८ अर्ब ३ करोड ३२ लाख रुपैयाँ पुर्याउँदा पनि बैंकको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ६८ पैसाबाट बढेर २८ रुपैयाँ ९७ पैसा पुगेको हो ।

यसले ओम डेभलपमेन्ट बैकलाई आफुमा विलय गरेपछि बैंकको चुक्ता पूँजी अझै विस्तार हुनेछ ।

योसँगै बैंकको कमाईको दायरा पनि बढ्नेछ । जसले आगामी दिनहरुमा बैंकको प्रतिशेयर आम्दानीमा अझै सुधार आउने आश गर्न सकिन्छ ।

फ्रि प्रोफिट ४२ करोड ८२ लाख 

एनएफआरएस प्रणाली अनुसार बैंकले रेगुलेटरी एड्जसमेन्ट वापत १५ करोड ३६ लाख रुपैयाँ व्यवस्था गर्दा बैंकको फ्रि प्रोफिट ४२ करोड ८२ लाख रुपैयाँ कायम भएको छ । गत वर्ष बैंकको यसै अवधिमा बैंकको फ्रि प्रोफिट ३४ करोड १७ लाख रुपैयाँ थियो ।

खुद ब्याज आम्दानी अर्ब नजिक

खुद ब्याज आम्दानी ९७ करोड २ लाख रुपैयाँ पुर्याएको बैंकले गत आर्थिक वर्षको यसै अवधिमा ५७ करोड १ लाख ५१ हजार रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको थियो ।

प्राइमले चालू त्रैमाससम्ममा ७६ अर्ब ३३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ७२ अर्ब ३३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ

बैंकको जगेडा कोषमा ३ अर्ब ९७ करोड रुपैयाँ सञ्चित छ । प्रतिशेयर नेटवर्थ १४९ रुपैयाँ ४९ पैसामा रहेको बैंकको खराब कर्जा १.३७ बाट सामान्य बढेर १.४१ मा पुगेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।