सात निर्जीवन बीमा कम्पनीमा कुन देखियो तगडा ?

Nov 16, 2018 Merolagani

सात निर्जीवन बीमा कम्पनीहरुका बिचमा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्रतिष्पर्धा देखिएको छ । पूँजी बढाउने चटारोमा रहेका कम्पनी व्यवशायमा पनि उत्तिकै प्रतिष्पर्धामा उत्रिएका हुन् । यहाँ सात कम्पनीको अवस्था उल्लेख छ ।

नेको, हिमालयन जनरल, लुम्बिनी जनरल, प्रडेन्सियल, नेपाल इन्स्योरेन्स, आईएमई जनरल र यूनाइटेड इन्स्योरेन्सले वित्तीय विवरण प्रकाशन गरेका छन् । 

पहिलो त्रैमासमा नेको इन्स्योरेन्सले सबै भन्दा धेरै ५ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । नेकोको अरु सूचकहरु पनि सकारात्मक छन् । यस अवधिमा इन्स्योरेन्सले ३० करोड ४९ लाख रुपैयाँ खुद बीमा शूल्क संकलन गरेको छ ।

यूनाइटेड इन्स्योरेन्स भने सबै भन्दा कमजोर देखिएको छ । इन्स्योरेन्सले एक करोड १२ लाख रुपैयाँ खदु नाफा कमाएको छ । इन्स्योरेन्सले सात करोड ८१ लाख रुपैयाँ खुद बीमा शूल्क संकलन गरेको छ भने अन्य सूचकहरु पनि कमजोर छन् ।

नेपाल इन्स्योरेन्स, हिमालय जनरल तथा लुम्बिनी जनरलले ४ करोड रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेका छन् । प्रुडेन्सियल इन्स्योरेन्सले ३ करोड ३२ लाख र आईएमई जनरलले दुई करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

 

साथै बीमा शूल्कको आधारमा लुम्बिनी जनरलले २१ करोड दुई लाख, नेपाल इन्स्योरेन्सले १२ करोड ५८ लाख, आईएमई जनरलले १२ करोड ३६ लाख र हिमालयन जनरलको ९ करोड ३१ लाख रुपैयाँ बीमा शूल्क उठाएका छन् ।

नेपाल इन्स्योरेन्सको प्रतिशेयर आम्दानी २८ रुपैयाँ ४४ पैसा र प्रतिशेय नेटवर्थ १४२ रुपैयाँ १२ पैसा छ भने मूल्य आम्दानी अनुपात १८.१४ गुण बढी छ ।

यता यूनाइटेड इन्स्योरेन्सको प्रतिशेयर आम्दानी र प्रतिशेयर नेटवर्थ सबै भन्दा थोरै छ । प्रतिशेयर आम्दानी १४ रुपैयाँ ७६ पैसा कायम रहेको इन्स्योरेन्स कम्पनीको । प्रतिशेयर नेटवर्थ १११ रुपैसा ६९ पैसा छ । इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात सबै भन्दा धेरै ५२.१७ गुण बढी छ ।

 

प्रुडेन्सियल इन्स्योरेन्सको प्रतिशेयर आम्दानी २० रुपैयाँ ७२ पैसा छ भने नेटवर्थ १३० रुपैयाँ १२ पैसा छ । यसको बजार मूल्य ७१४ रुपैयाँ छ । प्रुडेन्सियलको मूल्य आम्दानी अनुपात ३४.४६ गुणा बढी छ ।
आईएमई जनरलको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ३२ पैसा कायम छ । इन्स्योरेन्सको बजार मूल्य ७३९ रुपैयाँ छ । मूल्य आम्दानी अनुपात ३८.२५ गुणाले बढी छ ।

प्रतिशेयर आम्दानी १९ रुपैयाँ ३२ पैसा रहेको नेको इन्स्योरेन्सको १३० रुपैयाँ ९० पैसा प्रतिशेयर नेटवर्थ छ । यसको बजार मूल्य ५०६ रुपैयाँ छ । मूल्य आम्दानी अनुपात २६.२४ गुणा बढी छ ।

साथै ५१४ रुपैयाँको हाराहारीमा कारोबार भइरहेको लुम्बिनी जनलरको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ९२ पैसा, प्रतिशेयर नेटवर्थ ११९ रुपैयाँ ४३ पैसा र मूल्य आम्दानी अनुपात २७.१७ गुणा धेरै छ ।

बजार मूल्य सबै भन्दा थोरै ४०३ रुपैयाँ रहेको हिमालय जनरलको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ७६ पैसा छ । इन्स्योरेन्सको नेटवर्थ ११६ रुपैयाँ ८४ पैसा छ भने मूल्य आम्दानी अनुपात २५.५७ गुणा बढी छ ।

बीमा समितिको निर्देशन अनुसार निर्जीवन बीमा कम्पनीले न्यूनतम एक अर्ब चुक्ता पूँजी पुर्याउनु पर्ने हुन्छ । उल्लेखित ७ मध्ये दुई वटाले मात्र एक अर्ब चुक्ता पूँजी पुर्याएका छन् भने बाँकी ५ वटा पुर्याउने क्रममा छन् ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स


comments powered by Disqus

धितोपत्र बोडद्धारा ७ दिनभित्र बैंकलाई ब्रोकर इजाजत सहित ८ बुँदाको प्रगति विवरण पेश गर्न नेप्सेलाई निर्देशन

Sep 15, 2019 06:46 PM

नेपाल धितोपत्र बोर्डको सुपरिवेक्षण तथा अनुसन्धान विभागले बैंकलाई ब्रोकर इजाजत सहित ८ बुँदाको पछिल्लो प्रगति विवरण ७ दिनभित्र बोर्डमा पेश गर्न नेप्सेलाई निर्देशन दिएको छ।विभागले भदौ २६ गते पत्राचार गर्दै बोर्डको निर्देशन तथा मुद्रा तथा पूँजी बजार समितिको दिएको सुझावमा आधारित रहेर नेप्सेसंग कार्यान्वयन नभएको बुँदाहरुको पछिल्लो प्रगति विवरण माग गरेको हो।