नेशनल लाइफको खुद बीमाशुल्क ६ करोड रुपैयाँले वृद्धि

Nov 17, 2018 Merolagani

नेशनल लाइफ इन्स्योरेन्स (NLICL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ३७ करोड ५६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको यहि अवधिको तुलनामा इन्स्योरेन्सले खुद बीमाशुल्क ६ करोड रुपैयाँले बढाएको हो ।

गत वर्षको पहिलो त्रैमासमा इन्स्योरेन्सले १ अर्ब ३१ करोड ३७ लाख रुपैयाँ आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीले पुर्नबीमा कमिशनबाट ६७ लाख ४० हजार रुपैयाँ, लगानी, कर्जा तथा अन्य आयबाट ४६ करोड ११ लाख रुपैयाँ आम्दानी गरेको छ ।

त्यस्तै बीमालेख धितोमा २ अर्ब ७८ करोड रुपैयाँ लगानी गरेर ४० लाख रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीले समिक्षा अवधिमा ८ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको यो नाफा गतवर्षको यहि अवधिको तुलनामा २९ लाख रुपैयाँले बढी हो । गत वर्षको पहिलो त्रैमासमा कम्पनीले ८ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

चुक्ता पूँजी २ अर्ब ६२ करोड रुपैयाँ रहेको कम्पनीले जगेडाकोषमा ७२ करोड ६७ लाख रुपैयाँ, जीवन बीमा कोषमा २२ अर्ब ५४ करोड २३ लाख रुपैयाँ र महाविपत्ती कोष जगेडा कोषमा १७ करोड ५ लाख रुपैयाँ संचित छ ।

हाल सम्म कम्पनीको ७ लाख ४७ हजार ४१९ वटा बीमालेखवाट १ अर्ब ४२ करोड ३४ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।

कम्पनीले कुल ३ हजार ४११ दाबीका लागि ६८ करोड ५४ लाख रुपैयाँ कुल भुक्तानी गरेको छ भने २४ करोड ६९ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गर्न बाँकी छ ।

यस कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक १२ रुपैयाँ ९६ पैसा, प्रतिशेयर नेटवर्थ १२७ रुपैयाँ ६९ पैसा, मुल्य आम्दानी अनुपात ५२.४५ गुणा बढी छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।