एनएमबि माईक्रोफाइनान्सले १५ प्रतिशत बोनस वितरण गर्ने

Nov 18, 2018 Merolagani

एनएमबि माईक्रोफाइनान्स कम्पनी (NMBMF) ले गत आर्थिक बर्षको कमाईबाट १५ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको छ । साथै कम्पनी सञ्चालक समितिको बैठकले बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

एनएमबि माईक्रोफाइनान्स कम्पनीले प्रस्ताब गरेको बोनस सेयर राष्ट्र बैंक तथा लघुवित्तको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ ।

१४ करोड ८ लाख रुपैंया चुक्ता पूँजी रहेको माइक्रोफाइनान्सले बोनस बापत २ करोड ११ लाख तथा करको लागि ११ लाख १२ हजार नगद वितरण गर्ने जनाएको छ ।

बोनसपछि माइक्रोको चुक्ता पूँजी १६ करोड १९ लाख नाघ्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।