शिखर इन्स्योरेन्सको खुद नाफा १०.६४% बढ्याे, जगेडा काेषकाे अाकारमा संकुचन

Nov 18, 2018 Merolagani

शिखर इन्स्योरेन्स (SICL) ले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १० करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत आर्थिक वर्षको यहि अवधिको तुलनामा यो १०.६४ प्रतिशतले बढी हो । कम्पनीले गत आर्थिक वर्षको पहिलो त्रैमासमा ९ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा कम्पनीले ४५ करोड ८० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको यहि अवधिमा यो ५ करोड ३० लाख रुपैयाँले बढी हो । कम्पनीले गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४० करोड ५० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीको पुर्नबीमा शुल्क वापत ११ करोड रुपैयाँ तथा लगानी कर्जा तथा अन्य आयबाट ४ करोड ७३ लाख रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीको चुक्ता पूँजी एक अर्ब पाँच करोड ७३ लाख रुपैयाँ छ । यस्तै कम्पनीको जगेडा कोषमा २९ करोड ५६ लाख रुपैयाँ, बीमा कोषमा ९० करोड ४० लाख रुपैयाँ र महाविपत्ति कोषमा ५ करोड २९ लाख रुपैयाँ संचित छ ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी २३ करोड ९६ लाख र बीमा कोष २२ करोड ८ लाख रुपैयाँले बढेको छ भने यस कम्पनीको जगेडा कोषको आकार भने एक करोड ८७ लाखले घटेको छ ।

यस अवधिमा कम्पनीले ७९ हजार १३० बीमा लेखा जारी गरी ८ अर्ब ७७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ भने १४ हजार १०२ बीमालेख नवीकरण भएका छन् ।

कम्पनीले कुल एक हजार ८९३ दाबी वापत ३६ करोड ८ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ३ हजार १९८ दाबीमा लागि ८२ करोड ६० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

कम्पनीको प्रतिशेयर आम्दानी (इपिइस) ३९ रुपैयाँ ९९ पैसा, प्रतिशेयर नेटवर्थ २१८ रुपैयाँ ४६ पैसा, र मुल्य आम्दानी अनुपात २२.५ गुणा बढी छ ।

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।