प्रिमियर इन्स्योरेन्सको नाफा ९३.९४ प्रतिशतले वृद्धि

Nov 18, 2018 Merolagani

प्रिमियर इन्स्योरेन्स (PIC) ले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड १२ लाख खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको पहिलो त्रैमासमा ९३.९४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले २ करोड १२ लाख रुपैयाँ मात्रै खुद नाफा गरेको थियो।

कम्पनीले यस अवधिमा २२ करोड ६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले २१ करोड २२ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो ।

कम्पनी पुनर्बीमा कमिशन आयबाट ५ करोड ५० लाख, लगानी कर्जा तथा अन्य आयबाट एक करोड ८९ लाख रुपैयाँ आम्दानी गरेको छ ।

५८ करोड चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा ६७ करोड १० लाख रुपैयाँ, बीमा कोषमा ४२ करोड १५ लाख रुपैयाँ र महाविपत्ती जगेडा कोषमा ३ करोड ८१ लाख रुपैयाँ संचित छ ।

हाल सम्म कम्पनीले ४३ करोड २ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरी ४७ हजार ६८ बीमालेख जारी गरेका छन् । यस अवधिमा २ हजार २८८ बीमालेख नवीकरण भएका छन् ।

कम्पनीले २ हजार दाबी संख्या वापत ३० करोड १९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ भने ३ हजार १३४ दाबी वापत ९३ करोड ८१ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

कम्पनीको प्रतिशेयर आम्दानी २८ रुपैयाँ २२ पैसा, प्रतिशेयर नेटवर्थ २९३ रुपैयाँ ६३ पैसा र प्रतिशेयर आम्दानी ३४.८३ गुणा बढी छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।