फाइनान्सको खुद नाफा सुधारात्मक हुदा प्रतिशेयर आम्दानी सकारात्मक भएको हो ।
चालू आवको पहिलो त्रैमासमा फाइनान्सले ११ लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा फाइनान्सको खुद नाफा २५ लाख ७० हजार रुपैयाँ नोक्सानीमा थियो ।
गत वर्षको चौथो त्रैमासमा फाइनान्सले दुई करोड तीन लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
फाइनान्सले जोखिम व्यवस्थापन, कर्मचारी खर्च र अन्य संचालन खर्चमा कटौती गर्दै खुद नाफा सुधारेको हो ।
चुक्ता पूँजी ७३ करोड ८२ लाख रुपैयाँ रहेको फाइनन्सको जगेडा कोषमा ६ करोड ७८ लाख रुपैयाँ सञ्चित छ ।
समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी घटेको छ ।
चालू आवको प्रथम त्रैमासमा फाइनान्सले एक करोड ८ लाख रुपैया फाइनान्सको खुद ब्याज आम्दानी गरेको छ । गतवर्षको यसै अवधिको तुलनामा फाइनान्सको खुद ब्याज आम्दानी १६.९३ प्रतिशतले घटेको हो । गत वर्ष असोज मसान्तमा फाइनान्सले एक करोड ३० लाख रुपैया ब्याज आम्दानी गरेको थियो ।
असोज मसान्तसम्ममा एक अर्ब ८ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरेको फाइनान्सले एक अर्ब २७ करोड ३९ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । फाइनान्समा निष्कृय कर्जा अनुपात ३.८० प्रतिशत छ ।