जसअनुसार माइक्रोफाइनान्सले ३ करोड ८९ हजार रुपैयाँ बोनस शेयर र १ करोड ८० लाख रुपैयाँ बराबरको नगद लाभांश बापतको रकम वितरण गर्नेछ ।
माइक्रोफाइनान्सको पाँचौं वार्षिक साधारण सभा मंसिर २८ गते शुक्रबार बिहान १०ः३० बजे आर.के बैङ्क्वेट्स धादिङमा हुने जानकारी गराएको छ ।
उक्त प्रयोजनका लागि माइक्रोफाइनान्सले मंसिर १५ गतेदेखि मंसिर २८ गतेसम्म बुकक्लोज मिति तोकेको छ । जसअनुसार मंसिर १४ गतेसम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
हाल माइक्रोफाइनान्सको चुक्ता पूँजी १२ करोड ३ लाख ५६ हजार रुपैयाँ रहेको छ । बोनस शेयर पश्चात माइक्रोफाइनान्सको चुक्ता पूँजी १५ करोड ४ लाख ४५ हजार पुग्नेछ ।