निर्धन उत्थान लघुवित्तले ४२ प्रतिशत लाभांश वितरण गर्न बोलायो साधारणसभा

Nov 19, 2018 Merolagani

निर्धन उत्थान लघुवित्त (NUBL) ले ४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गर्दै बार्षिक साधारण सभा आह्वान गरेको छ । लघुवित्तले गत आर्थिक बर्षको नाफाबाट २२.११ प्रतिशत नगद लाभांश तथा २० प्रतिशत बोनस शेयर वितरण गर्ने भएको हो ।

जसअनुसार लघुवित्तले २२ करोड १० लाख ५३ हजार बराबरको नगद तथा २० करोड बोनस शेयर बापतको रकम वितरण गर्नेछ ।

लघुवित्तले बीसौँ बार्षिक साधारण सभा मंसिर २५ गते मंगलबार बिहान १०ः३० बजे सेलिब्रेसन बैंक्वेट पार्टी प्यालेस भगवतीबहाल नक्सालमा गर्ने जनाएको छ ।

बार्षिक साधारण सभा प्रयोजनका लागि लघुवित्तले मंसिर ११ देखि मंसिर २५ गतेसम्मका लागि बुक क्लोज मिति तोकेको छ । जसअनुसार मंसिर १० गतेसम्म कायम शेयरधनीले मात्र साधारण सधामा भाग लिन र लाभांश पाउनेछन् ।

हाल लघुवित्तको चुक्ता पूँजी १ अर्ब रहेको छ । बोनस शेयरपछि लघुवित्तको चुक्ता पूँजी १ अर्ब २० करोड पुग्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।