यस अघि नै कम्पनीले गत वर्षको माघ ९ गतेदेखि आईपिओ निष्काशनको मिति निर्धारण गरेको थियो । तर संस्थागत सुशासनका साथै वित्तीय अस्वस्थताका कारण राष्ट्र बैंकले शेयर निष्काशनमा रोक लगाएको थियो ।
त्यसपछि लघुवित्तका प्रमुख कार्यकारी अधिकृत स्वयम्भुराज जोशी समेत वित्तीय हिनामामिनाको आरोपमा पक्राउ परेका थिए । उनलाई ५ लाख रुपैंया जरिवाना गरिएको थियो ।
यस्तो अवस्थाको लघुवित्तले सर्वसाधारणमा निष्काशन गरेको २ लाख ७३ हजार कित्ता शेयरमा ७१ लख ५० हजार ५ सय कित्ता शेयर माग भएको हो । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिगंको प्रारम्भिक तथ्यांक अनुसार लघुवित्तको आईपिओमा १ लाख ९ हजार ६ सय ८६ वटा आवेदन परेको हो ।
अझै २ दिनमा कति आवेदन पर्छ भन्न सक्ने अवस्था छैन । तर २ दिनको आवेदन आँकडामा मात्र हिसाब गर्ने हो भने ८२ हजार ३ सय ८६ आवेदक रित्तो हात हुने छन् । २७ हजार ३ सय १० जना सर्वसाधारण आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाउने छन् ।
लघुवित्तले कुल ३ लाख कित्ता आईपिओ निष्काशन गरिरहेको छ । जसमा संस्थाका कर्मचारीलाई १२ हजार कित्ता तथा सामुहिक लगानी कोषलाई १५ हजार कित्ता शेयर छुट्याउँदा बाँकी रहने २ लाख ७३ हजार कित्ता शेयर सर्वसाधारण लगानीकर्तामा बितरण हुनेछ ।
आईपीओ निष्कासन मंसिर ५ गते बन्द हुने बिक्री प्रवन्धक एसबीआई मर्चेन्टले जनाएको छ ।