नेशनल लाइफ इन्स्योरेन्सको बोलपत्र खुल्ला, ६२५ रुपैयाँ कटअफ कायम

Nov 20, 2018 Merolagani

नेशनल लाइफ इन्स्योरेन्स (NLICL) ले लिलामीमा राखेको २ लाख ७८ हजार ११९ कित्ता शेयरको बोलपत्र खुल्ला गरिएको छ । प्रारम्भिक तथ्यांक अनुसार कम्पनीको शेयरको कटअफ मूल्य ६२५ रुपैयाँ कायम भएको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटलले जनाएको छ ।

कम्पनीले गत कार्तिक १५ गते देखि २६ गते सम्म लिलामी खुल्ला गरको थियो जसमा एक हजार सात सय ७८ जनाले आवेदन गरेका थिए ।

प्रारम्भिक नतिजा अनुसार लिलामीको शेयर २३७ जनाले पाउने देखिएको छ । बजारमा ६६८ रुपैयाँ हाराहारीमा रहेको शेयरका लागि ७५० रुपैयाँसम्म आवेदन गरेको पनि पाइएको थियो ।

इच्छुक लगानीकर्ताले न्यूनतम एक सय रुपैयाँ वा सो भन्दा बढी मूल्यमा न्युनतम एक सय कित्तादेखि निष्काशन गरेको सम्पूर्ण कित्ताका लागि आवेदन दिन पाउने व्यवस्था गरेको थियो ।

नेशनल लाईफले गत साउन १ देखि भदौ १९ सम्म बिक्री खुला गरेको ६० प्रतिशत हकप्रदमा नबिकेको शेयर लिलामीबाट बिक्री गरेको हो ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।