संचालन मुनाफामा वृद्धि हुदा फाइनान्सको नाफा बढेको हो । यस अवधिमा फाइनान्सले तीन करोड २० लाख रुपैयाँ संचालन मुनाफा आर्जन गरेको छ ।
चालू आर्थिक वर्षमा फाइनान्सको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ७१ पैसा कायम छ ।
चुक्ता पूँजी ८६ करोड ७९ लाख रुपैयाँ रहेको फाइनान्सको जगेडा कोषमा २९ करोड ९२ लाख रुपैयाँ सञ्चित छ ।
असोज मसान्तसम्ममा ५ अर्ब ८० करोड १८ लाख रुपैयाँ निक्षेप संकलन गरेको फाइनान्सले ४ अर्ब ३३ करोड ७७ लाख रुपेयाँ कर्जा परिचालन गरेको छ ।
समीक्षा अवधिमा फाइनान्सले ५७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष यसै अवधिको तुलनामा फाइनान्सको खुद ब्याज आम्दानी ६३ प्रतिशतले संकुचित भएको हो ।
गत वर्षको प्रथम त्रैमासमा फाइनन्सले एक करोड ५२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
फाइनान्समा निष्कृय कर्जा अनुपात ४.९५ प्रतिशत छ । प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ४८ पैसा रहेको फाइनान्सको मूल्य आम्दानी अनुपात १८.३८ गुणा बढी छ ।