साधारण शेयर निष्काशनको अन्तिम दिनसम्ममा ६०.५९ गुणा बढी आवेदन परेको छ । बुधबार साँझ पाँच बजे सम्ममा एक करोड ६५ लाख ४० हजार १७० कित्ता शेयरका लागि आबेदन परेको बिक्री प्रबन्धक एसबिआई मर्चेन्ट बैंकिङ्गले जनाएको छ ।
लघुवित्तले सर्वसाधारणमा २ लाख ७३ हजार कित्ता निष्काशन गरेको शेयरमा दुई लाख ५४ हजार ६९३ आबेदकले एक अर्ब ६५ करोड रुपैयाँ बराबरको शेयर माग गरेका हुन् । यो प्रारम्भिक तथ्यांक हो ।
यस तथ्यांकको आधारमा दुई लाख २७ हजार ३९३ जना आवेदक रित्तो हात हुने देखिन्छ । गोलाप्रथाबाट १० कित्ताका दरले शेयर बाँडफाँड गर्दा २७ हजार ३१० जनाले मात्र शेयर पाउनेछ ।
लघुवित्तले कुल ३ लाख कित्ता आईपिओ निष्काशन गरेकोमा संस्थाका कर्मचारीलाई १२ हजार कित्ता तथा सामुहिक लगानी कोषलाई १५ हजार कित्ता शेयर छुट्याउँदा बाँकी रहने २ लाख ७३ हजार कित्ता शेयर सर्वसाधारण लगानीकर्तामा बाँडफाँड हुनेछ ।
शेयर आवेृदनको अन्तिम आँकडा अझै आईनसकेका कारण यो तथ्यांक अझै बढ्ने बिक्री प्रबन्धक एसबिआई मर्चेन्ट बैंकिङ्गको अनुमान छ ।