साना किसान विकास बैंकको २५ प्रतिशत बोनस प्रस्ताव

Nov 23, 2018 Merolagani

साना किसान बिकास बैंक (SKBBL) ले गत वर्षको कमाईबाट २५ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.३१ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। मंसिर ७ गते शुक्रबार बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो ।

बैंकले गत वर्ष पनि शेयरधनीहरुलाई २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

 

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृतिपश्चात लघुवित्त विकास बैंकको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ ।

 

६२ करोड ८८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको विकास बैंकको प्रस्तावित २५ प्रतिशत बोनस पश्चात कम्पनीको चुक्ता पूँजी ७८ करोड ६० लाख ३४ हजार ९११ रुपैयाँ पुग्नेछ । 

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा साना किसानले १२ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको पहिलो त्रैमासको तुलनामा लघुवित्तको खुद नाफा ४ करोड ४ लाख रुपैयाँले धेरै हो ।

विकास बैंकको प्रतिशेयर आम्दानी ७७ रुपैयाँ ८८ पैसा, प्रतिशेयर नेटवर्थ ३७२ रुपैयाँ ७८ पैसा र मूल्य आम्दानी अनुपात १३.८७ गुणाले बढी छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।