केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता एंवम प्रहरी उपरिक्षक सुदीप गिरीले उनीहरुलाई थप अनुसन्धानको लागि आजै काठमाडौं जिल्ला अदालमा पेश गरिने मेरो लगानीलाई जानकारी दिए ।
घर्ती तत्कालीन किष्ट बैंकका नायव महाप्रबन्धक हुन् । सो प्रकरणमै प्रवीण श्रेष्ठ पनि पक्राउ परेका छन्।
बैंक घोटाला काण्डमा तत्कालीन प्रबन्ध सञ्चालक कमलप्रसाद ज्ञवालीसँगै तत्कालीन नायब महाप्रबन्धक बीएन घर्ती पनि मुछिएका थिए । ज्ञवालीले जम्बो प्रकाशन प्रालिलाई कमसल धितो राखी १४ करोड ऋण दिलाएका थिए ।
प्रहरीले यसअघि सोही काण्डमा तत्कालीन बैंकका प्रबन्ध सञ्चालक ज्ञवालीलाई गएको असोज १९ मा भारतबाट पक्राउ गरेको थियो । ज्ञवालीको बयानको आधारमा नै घर्ती र श्रेष्ठलाई नियन्त्रणमा लिएको हो।
ज्ञवालीलाई २०७३ जेठमा तत्कालीन पुनरावेदन अदालत पाटनको वाणिज्य इजलासले बैकिंङ कसुर ठहर गरेको थियो । पुनरावेदन अदालत पाटनले बैंकिङ कसुरको अभियोगमा तत्कालीन किष्ट बैंकका प्रबन्ध सञ्चालकसहित आठ जनालाई कैद र जरिवानाको फैसला गरेको थियो।