सामुदायिक लघुवित्तको आईपिओ सोमबार बाँडफाँड हुने

Nov 25, 2018 Merolagani

सामुदायिक लघुवित्तले जारी गरेको आइपिओ सोमबार विहान बाँडफाँड हुने भएको छ । लघुवित्तले सर्वसाधारणमा निष्काशन गरेको २ लाख ७३ हजार कित्ता शेयरमा ६१ गुणा बढी आवेदन परेको थियो ।

बिक्री प्रबन्धक एसबिआई मर्चेन्ट बैंकिङ्गले सामुदायिक लघुवित्तको आइपिओ सोमबार विहान बाँडफाँड गरिने मेरो लगानीलाई जानकारी दिएको छ ।

लघुवित्तले मंसिर २ गतेदेखि ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आईपिओ निष्काशन गरेको थियो । जसमध्ये संस्थाका कर्मचारीलाई १२ हजार कित्ता तथा सामुहिक लगानी कोषलाई १५ हजार कित्ता शेयर छुट्याउँदा बाँकी रहने २ लाख ७३ हजार कित्ता शेयर सर्वसाधारण लगानीकर्तामा बाँडफाँड हुनेछ ।

उक्त आइपिओमा दुई लाख ५४ हजार आवेदकले आवेदन गरेका छन् । आवेदन गरेकाहरु मध्ये २ लाख २७ हजार बढी आवेदकको रित्तो हात हुने देखिएको छ । लघुवित्तको शेयर गोलाप्रथाबाट २७ हजार ३ सय १० आवेदकले १० कित्ताका दरले मात्र पाउने छन् ।

संस्थाको आईपिओमा न्युनतम ५० र बढीमा एक हजार पाँच सय कित्तासम्म आबेदन गर्न पाइने व्यवस्था गरिएको थियो ।

७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आइपिओ निष्काशन पश्चात चुक्ता पूँजी दश करोड रुपैयाँ पुग्नेछ । आइपिको निष्कासन पश्चात कम्पनीमा संस्थापक लगानीकर्ताको ७० प्रतिशत तथा साधरण लगानीकर्ताको ३० प्रतिशत सेयर स्वामित्व कायम हुनेछ ।

नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त यस वित्तीय संस्थाले २०७० साल चैतबाट कारोवार गर्दै आएको ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।