लघुवित्तकाे आईपिओमा दुई लाख ५४ हजार आवेदकले सर्वसाधारणलाई छुट्टाइएको शेयरको अनुपातमा ६१ गुणा बढी आवेदन गरेको बिक्री प्रबन्धक एसबिआई मर्चेन्ट बैंकिङ्गले जनाएको छ ।
लघुवित्तले मंसिर २ गतेदेखि ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आईपिओ निष्काशन गरेको थियो । जसमध्ये संस्थाका कर्मचारीलाई १२ हजार कित्ता तथा सामुहिक लगानी कोषलाई १५ हजार कित्ता शेयर छुट्याउँदा बाँकी रहने २ लाख ७३ हजार कित्ता शेयर सर्वसाधारण लगानीकर्तामा बाँडफाँड हुनेछ ।
आईपिओमा आवेदन गरेका दुई लाख ५४ हजार आवेदकमध्ये २ लाख २७ हजार बढी आवेदकको रित्तो हात हुने देखिएको छ । लघुवित्तको शेयर गोलाप्रथाबाट २७ हजार ३१० आवेदकले १० कित्ताका दरले मात्र पाउनेछन् ।
संस्थाको आईपिओमा न्युनतम ५० र बढीमा एक हजार ५०० कित्तासम्म आवेदन गर्न पाइने व्यवस्था गरिएको थियो ।
७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आईपिओ निष्काशन पश्चात चुक्ता पूँजी दश करोड रुपैयाँ पुग्नेछ ।
आईपि निष्काशन पश्चात कम्पनीमा संस्थापक लगानीकर्ताको ७० प्रतिशत तथा साधरण लगानीकर्ताको ३० प्रतिशत शेयर स्वामित्व कायम हुनेछ ।
नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त यस वित्तीय संस्थाले २०७० साल चैतबाट कारोवार गर्दै आएको छ ।