स्वरोजगार लघुवित्तको बोलपत्र खोलियो, कटअफ मूल्य कति ?

Nov 26, 2018 Merolagani

स्वरोजगार लघुवित्त वित्तीय संस्था (SLBBL) को लिलामीको बोलपत्र खुल्ला गरिएको छ । बिक्री प्रबन्धक एनएमवि क्यापिटलको प्रारम्भिक तथ्यांक अनुसार वित्तीय संस्थाको कट अफ मुल्य ४९२ रुपैयाँ निर्धारण भएको छ ।

लघुवित्तले लिलामीमा ल्याएको सर्वसाधारण समुहको ११ हजार १२९.०१ कित्ता शेयरमा १०४ जनाले आबेदन गरेका थिए ।

दोस्रो बजारमा प्रति कित्ता ५४९ रुपैयाँमा कारोबार भैरहेको शेयरमा बोलपत्र मार्फत प्रति कित्ता न्युनतम एक सय रुपैयाँ देखि प्रतिकित्ता ८०० रुपैयाँ सम्मको लागि आबेदन परेको बिक्रि प्रबन्धकले जानकारी गराए ।

लघुवित्तले साउन १३ गते देखि भदौ १७ गते सम्म एक बराबर अनुपातमा १२ लाख २४ हजार ९७७ कित्ता सेयर निष्काशन गरेको थियो । हकप्रदमा नबिकेको ११ हजार १२९.०१ कित्ता शेयर कार्तिक २७ गते देखि मंसिर ४ गते सम्म शिलबन्दी बोलपत्र आह्वान गरेको थियो ।

इच्छुक लगानीकर्ताले न्युनतम एक सय रुपैयाँ प्रति कित्ताका दरले न्युनतम १०० कित्ता वा सो भन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा आबेदन गर्न सकिने व्यावस्था थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमास सम्म कम्पनीको चुक्ता पूँजी २३ करोड ८३ लाख रुपैयाँ छ । कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ९४ पैसा र प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ ५२ पैसा छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।