नेप्सेले २० प्रतिशत बोनसपश्चात निर्धन उत्थानको प्रतिकित्ता ७९१ रुपैयाँ ७४ पैसा रुपैयाँमा शेयरमूल्य समायोजन गरेको हो । यसै मूल्यलाई आधार मानेर कम्पनीको शेयर कारोबार खुलेको हो ।
लघुवित्तको १८० दिन नेप्सेमा कारोबार भएको शेयरमूल्यको आधारमा औसत आधारमूल्य एक हजार ३७ रुर्पयाँ ३७ पैसा रहेको छ ।
बोनस तथा नगद लाभांश पारित गर्न निर्धन उत्थानले मंसिर २५ गते सेलिब्रेसन ब्यांंकेट पार्टी प्यालेस, भगवतिबहाल नक्सालमा साधारण सभा आह्वान गरेको छ । सभाले २० प्रतिशत बोनस र २२.११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
बोनस पश्चात यस कम्पनीको चुक्ता पूँजी एक अर्ब २० करोड रुपैयाँ पुग्नेछ । असोज मसान्तसम्म यस कम्पनीले ५ करोड ७ लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ६० रुपैयाँ ३१ पैसा कायम गरेको छ ।