समता माईक्रोफाइनान्सको बोनसपछि शेयरमूल्य समायोजन

Nov 28, 2018 Merolagani

समता माईक्रोफाइनान्स (SMATA) को ६.६६ प्रतिशत बोनस शेयरपछि मूल्य समायोजन भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्ने ६.६६ प्रतिशत बोनस पश्चात नेप्सेले बुधबार शेयरकोमूल्य समायोजन भएको हो ।

नेप्सेले लघुवित्तको प्रतिकित्ता एक हजार २०० रुपैयाँ निर्धारण गरेको छ । यसअनुसार माइक्रोफाइनान्सको शेयर कारोबार बुधबार समायोजित मूल्यलाई आधार मानेर खुल्नेछ । 

नेप्सेमा १८० दिन कारोबार भएको शेयर मूल्यको आधारमा माइक्रोफाइनान्सको औसत आधार मूल्य एक हजार २२ रुपैयाँ ५८ पैसा कायम भएको छ ।

माइक्रोफाइनान्सको पाँचौ वार्षिक साधारण सभाले ६.६६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले मंसिर २७ गते बिहिबार होटल इच्छा सिमरा, बारामा बिहान १०ः३० बजे साधारण सभा आह्वान गरेको छ ।

माईक्रोफाइनान्सले गत वर्षको मुनाफाबाट ७.३६ प्रतिशत नगद र ६.६६ प्रतिशत बोनस शेयर गरि शेयरधनीलाई कूल १४.०२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

त्यस्तै सभामा बोनस बितरण पश्चात कायम हुन आउने चुक्ता पूँजी ६ लाख ७२ हजार रुपैयाँको २०० प्रतिशत हकप्रद जारी गर्ने विशेष प्रस्ताव समेत रहेको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।