वाइड बडी प्रकरणः छानबिन पर्खाैं, हल्लै हल्लाको बदनामी धेरै भयो - मन्त्री अधिकारी

Nov 28, 2018 Merolagani

संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीले वाइड बडी विमान खरिद सम्बन्धमा छानबिन पुष्टी नहुँदै निगमको बदनाम गर्ने काम भएको बताएका छन् ।

अख्तियार र संसदका बिभिन्न समिति लगायतबाट छानबिन प्रक्रिया जारी रहेको र उक्त छानबिनलाई मन्त्रालयले सघाई रहेको भन्दै मन्त्री अधिकारीले छानबिन नतिजा कुर्न आग्रह गरे ।

बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले प्रोपागाण्डाका भरमा निगमको बदनाम गर्ने काम भएकोमा असन्तुष्टी व्यक्त गरे ।

आफू मन्त्री हुंदा विमान खरिद प्रकरणका सबै प्रक्रिया सकिई सकेको भन्दै मन्त्री अधिकारीले व्यक्तिगत रुपमा मन्त्री र सरकारलाई मुछ्ने काम भएको टिप्पणी गरे ।

मन्त्री अधिकारीले विगतमा भएको प्रक्रियाबारे अध्ययन अनुसन्धान भइरहेको र त्यसलाई मन्त्रालयले पूर्ण रुपमा सघाई रहेको बताए ।

आजको दिनसम्म वाईड बडीको भ्रष्टाचारबारे कुनै तथ्य नभेटिएको भन्दै मन्त्री अधिकारीले भने विमान खरिद प्रक्रियामा दोषी पाईए जो कसैलाई एक एक रुपैयाँका दरले सोधभर्ना गराएर कडा कारबाही गर्ने ठोकुवा गरे ।

नेपाल भ्रमण वर्ष सन् २०२० सम्पन्न पार्न विमान सेवाले महत्वपूर्ण भूमिका खेलिरहेको र विवादका बाबजुत वाईड बडी पूर्ण रुपमा सञ्चालन गर्न मन्त्रालय लागि परेको मन्त्री अधिकारी भनाई थियो ।

नेपाल वायुसेवा निगमको स्तरोन्नती गर्न कम्पनी मोडलमा जानेबारे छिट्टै निर्णय हुने अधिकारीको भनाई थियो ।

यसका लागि निगमलाई कम्पनीको संरचनामा वा रणनीतिक साझेदारी मोडलमा रुपान्तरण गर्नु पर्ने आवश्यकता रहेको मन्त्री अधिकारीले औंल्याए ।

आगामी चैत देखि जापानको ओसाका तथा वैशाख देखि चीनमा वाईड बडीले सेवा सुरु गर्ने अधिकारीको भनाई थियो ।।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।