नागरिक लगानी कोष, नेशनल माइक्रोफाइनान्स र श्री इन्भेष्ट फाइनान्सको लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन

Nov 29, 2018 Merolagani

नागरिक लगानी कोष, नेशनल माइक्रोफाइनान्स र श्री इन्भेष्ट एण्ड फाइनान्सले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेका लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन रहेको छ ।

तीनवटै कम्पनीहरुको लाभांश प्राप्त गर्न शेयरधनी दर्ता किताब बन्द हुने अघिल्लो कारोबार दिनसम्म शेयरधनी बनिसक्नुपर्नेछ ।यसअनुसार मंसिर १३ गते बिहीबारसम्म कायम शेयरधनीले मात्र लाभांश पाउने भएका हुन् ।

गत आर्थिक वर्षको नाफाबाट नागरिक लगानी कोषले २२.०६ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.१६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

लाभांश पारित गर्न नागरिक लगानी कोषले बोलायो साधारण सभा, बुकक्लोज कहिले ?

 

त्यसैगरि नेशनल माइक्रोफाइनान्सले प्रतिशत २५ बोनस र कर प्रयोजनका सहित १५ प्रतिशत नगद प्रस्ताव गरेको छ ।

नेशनल माइक्रोफाइनान्सले लाभांश पारित गर्न डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

 

उता श्री इन्भेष्ट एण्ड फाइनान्स कम्पनीको १.२३ प्रतिशत बोनस तथा कर प्रयोजनका सहित ८.७७ प्रतिशत नगद लाभांश प्राप्त गर्न पनि बिहीबार नै शेयरधनी बनिसक्नुपर्नेछ ।

२६ प्रतिशत बोनसलाई एक प्रतिशतमा झार्ने कम्पनी कुन होला ?

 

आइतबार शेयर खरिद गरेर शेयरधनी बन्ने तीनवटै कम्पनीका शेयरधनीले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको लाभांश प्राप्त गर्दैनन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।