असोजमा फण्डको एनएभि ८ रुपैयाँ ५९ पैसा थियो । शेयर बजारको गिरावट सँगै फण्डको खुद सम्पत्ति घटदा एनएभिमा मा असर परेको हो ।
एक अर्ब २५ करोड रुपैयाँ आकारको फण्डमा एक अर्ब ५ करोड ३४ लाख ६० हजार ६८१ रुपैयाँ खुद सम्पत्ति रहेको छ । गत महिनाको तुलनामा फण्डको खुद सम्पत्ति मूल्य एक करोड ९८ लाख ५१ हजार ५२२ रुपैयाँले घटेको हो ।
कार्तिक मसान्तमा फण्डको सूचीकृत ५६ कम्पनीको शेयरमा ६३ करोड ६२ लाख ३५ हजार २३३ रुपैयाँ लगानी छ । गत महिनाको तुलनामा फण्डको सूचीकृत शेयरमा एक करोड ६० लाख ६० हजार ६१२ रुपैयाँ लगानी घटेको हो । असोजमा फण्डको सूचीकृत शेयरमा ६५ करोड २२ लाख ९५ हजार ८४५ रुपैयाँ लगानी थियो ।
यस महिनामा फण्डले ८ करोड ६३ लाख ८८ हजार ८३९ रुपैयाँ सूचीकृत ऋणपत्रमा लगानी गरेको छ ।
त्यसैगरी फण्डले सूचीकृत हुन बाँकि शेयरमा दुई करोड १९ लाख २२ हजार रुपैयाँ लगानी गरेकोछ । कार्तिक महिनामा फण्डले १२ करोड ५० लाख रुपैयाँ मुद्धती निक्षेप गरेको छ ।
समीक्षा अवधिमा फण्डले १८ करोड ५६ लाख १८ हजार ४२० रुपैयाँ बैंक मौज्दातमा सञ्चित गरेको छ भने ६५ लाख ८४ हजार ७२१ रुपैयाँ बराबरको अन्य सम्पत्ति रहेको छ ।
कार्तिकमा दुई करोड १० लाख १९ हजार ६०२ रुपैयाँ नोक्सानीमा रहेको फण्डले ८० लाख एक हजार ८८५ रुपैयाँ खर्च गरेको छ ।