२०७२ कार्तिक १२ गते नेप्से सूचक ११४९ विन्दुमा रहेको थियो ।
विहीबार बजार खुलेदेखि नै निरन्तर ओरालो लागेको नेप्से १०.३७ अंकले झरेर ११४८.७० विन्दुमा झरेको छ ।
१६१ कम्पनीको कारोबार भएको बजारमा ३२ करोड २९ लाख बराबरको शेयर किनबेच भयो । कारोबार रकम अघिल्लो दिनको तुलनामा ८ करोड कम हो ।
कारोबारमा आएका वित्त र उत्पादन बाहेक सबै समूहका सूचक ओरालो लागेका छन् । निर्जीवन बीमा समूह सबैभन्दा धेरै १०५ अंकले झर्यो ।
यसदिन पनि नेपाल बैंकको सबैभन्दा धेरै कारोबार भयो । नेपाल बैंकको ५ करोड १९ लाख बराबरको शेयर किनबेच भयो । नेपाल बैंकको शेयर म्याचिङ्ग कारोबारले कारोबार रकम बढेको हो । एनएमबि बैंकको २ करोड ६७ लाख बराबरको शेयर किनबेच भयो ।
सबैभन्दा धेरै छ्याङ्दी हाइड्रोको शेयरमूल्य ३.८८ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै आईएमइ जनरल इन्स्योरेन्सको शेयर मूल्य ५.८५ प्रतिशतले घटेको छ ।