बाणिज्य बैंक बिदेशी लगानीकर्ताको एजेण्ट बस्न सक्ने

Nov 29, 2018 Merolagani

नेपाल राष्ट्रबैकले बिदेशी बिनिमयको काम गरिरहेका बाणिज्य बैकहरुलाई बिदेशी लगानीकर्ताको एजेण्टको रुपमा काम गर्न अनुमति दिएको छ । बिद्यमान नियम संशोधन गर्दै राष्ट्रबैकले नयाँ व्यवस्था गरेको हो ।

अबदेखि बिदेशी बित्तिय निकायहरुले नेपाली बैंकहरुलाई एजेन्टका रुपमा नियुक्त गर्न सक्नेछन् ।

नेपालमा एजेण्ट रहेपछि डुबेका ऋणीहरुको धितो लिलामीसम्मको प्रकृया पुरा गर्ने वातावरण बन्नेछ । यसअघि परियोजनाहरुमा गरिएको ऋण लगानीको सावाँ तथा ब्याज असुली र ऋण डुवेको अवस्थामा ती बिदेशी निकायहरुले हैरानी भोग्दै आएका थिए ।

राष्ट्रबैकका बिदेशी बिनिमय बिभागका प्रमुख भीष्मराज ढुंगानाका अनुसार बाणिज्य बैकले एजेण्टको रुपमा काम गर्दा बिदेशी मुद्रामा ऋण लिनु र भित्र्याउनु पूर्व नियामक निकायको स्वीकृति लिनुपर्ने, ऋण व्यवस्थापन, स्क्रू खाता व्यवस्थापन र कस्टोडियन सम्वन्धि त्रीपक्षीय सम्झौता पेश गर्नुपर्ने लगाएतका काम गर्नुपर्ने हुन्छ । यसरी एजेण्टको रुपमा काम गर्दा उल्लेखित सेवा सुविधा उल्लेख पनि भएको हुनुपर्ने छ ।

ऋणको व्याज, लगानी बिक्री, परियोजना बिक्री या सुरक्षणमा लिएको सम्पत्ति बिक्री गरी बिदेशी लगानीकर्ताको लागि रकम पठाउँदा राष्ट्रबैकको स्वीकृति लिनुपर्ने व्यवस्था छ भने रकम बिदेश पठाउँदा प्रचलित कर भने अनिवार्य तिरेको हुनुपर्ने छ ।

राष्ट्रबैकको यो नयाँ व्यवस्थाले बिदेशी लगानीकर्ताले भोग्दै आएको झन्झट समाधान हुने राष्ट्रबैंकले बिश्वास लिएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।