सामाजिक सुरक्षा कार्यक्रमकाे प्रचार खर्च ६७ लाख, यि हुन् मन्त्रिपरिषद् बैठकका चाैध निर्णय

Nov 29, 2018 Merolagani

गत मंसिर १० गते बसेको मन्त्रिपरिषद् बैठकले बिभिन्न निर्णयहरु गरेको छ । हरेक हप्ताको बिहीवार पत्रकार सम्मेलन गरी मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्ने नयाँ परिपाठी अन्तर्गत सरकारले बिहीबार आफ्ना निर्णयहरु सार्वजनिक गरेको छ ।

सूचना,सञ्चार तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले मन्त्रालयमा आयोजित  पत्रकार सम्मेलनमा सार्वजनिक गरेका मन्त्रिपरिषद् बैठकका मूख्य निर्णयहरु यस्ता छन् ।

१. राष्ट्रपति बिद्या भण्डारीको जलबायु सम्मेलनको लागिआगामी मंसीर १७ र १८ मा हुने पोल्याण्ड भ्रमणको स्वीकृति प्रदान ।

२. कम्वोडियाका प्रधानमन्त्रीहुन सेन र म्यानमारको स्टेट काउन्सिलर आङसाङ सुकीको नेपाल भ्रमणलाई स्वीकृत ।

३. नेपाल र कम्बाडियाबिचको हवाई सम्झौताको स्वीकृत  ।

४. खेलकुदमन्त्रीको भारत भ्रमण अनुमोदन ।

५.नेपाल–भारत सुरक्षा सम्वन्धि कार्यक्रम काठमाण्डौमा गर्न स्वीकृति

६. राजनीतिकबार्ता टोलीको समय थप गर्ने निर्णय ।

७. भरतपुर नगरपालिका र वाइसाइड काउन्सिल अष्ट्रलियाबिच भगिनी सम्वन्ध स्थापना गर्न स्वीकृति ।

८. सामाजिक सुरक्षा कार्यक्रमको व्यवस्थापन र प्रचार–प्रसारका लागि कोषलाई ६७,२३,७५० रुपैयाँ निकासा गर्ने निर्णय ।

९. सुनसरीको दुहवीमा हत्या गरिएका फिदा हुसैन र कपिलवस्तुमा हत्या भएका दिपेन्द चौधरीको परिवारलाई १०–१० लाख दिने निर्णय ।

मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरूकाे पूर्णपाठ हेर्नुहाेस्

 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।