मध्य भोटेकोशीको आईपिओमा आवेदन गर्ने शुक्रबार अन्तिम दिन

Nov 30, 2018 Merolagani

मध्यभोटेकोशी जलविद्युत आयोजनाले पहिलो चरणमा कात्तिक २८ गतेदेखि निष्काशन गरेको साधारण शेयरमा आवेदन गर्ने आज(मंसिर १४ गते) अन्तिम दिन रहेको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले मागभन्दा बढी आवेदन परेकाले शुक्रबारदेखि नै शेयर निष्काशन बन्द हुने जनाएको छ ।

असोज २९ सम्मका सञ्चयकोषका बचतकर्तालाई मात्र, ५० देखि ५०० कित्तासम्म आवेदन गर्न सकिने

मध्यभोटेकोशी जलविद्युत आयोजनाले हाल कर्मचारी सञ्चयकोषको सञ्चयकर्ताका लागि एक अर्ब १७ करोड मूल्यको एक करोड १७ लाख कित्ता निष्काशन गरिरहेको छ । यस शेयरमा अन्य लगानीकर्ताल आवेदन गर्न पाउने छैनन् ।

जलविद्युत आयोजना र कर्मचारी सञ्चयकोषका बीचमा भएको सम्झौता अनुसार २०७५ असोज २९ गतेसम्म थपिएका सञ्चय कोषका बचतकर्ताले मात्र यस शेयरमा आवेदन दिन पाउनेछन् ।

कर्मचारी सञ्चय कोषका बचतकर्ताले कम्तीमा ५० कित्तादेखि ५०० कित्तासम्मका लागि आवेदन गर्न पाउनेछन् ।

सबै आवेदकहरुले सी आस्वा प्रणालीबाट मात्र आवेदन गर्नुपर्नेछ ।

सञ्चयकर्ताको परिचयपत्र, कर्मचारीको परिचयपत्र लगायत कागजात अनिवार्य गरिएको छ । 

कर्मचारी सञ्चयकोषका बचतकर्ता, संस्थापक संगठित संस्थाका कर्मचारी र ऋणदाता संस्थाका कर्मचारीका लागि पहिलो चरणमा एक सय रुपैयाँ अंकित दरमा एक अर्ब ४४ लाख रुपैयाँ बराबरको एक करोड ४४ लाख कित्ता छुट्टाएको थियो । जसमध्ये सञ्चयकर्ताको लागि छुट्टाइएको एक करोड १७ लाख कित्ता शेयर अहिले निष्काशन भैरहेको हो ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ । एनआईबिएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, सिभिल क्यापिटल मार्केट, सानिमा क्यापिटल र सीआईबिएल क्यापिटल लिमिटेड सहबिक्री प्रबन्धक रहेका छन् ।

दुई करोड ७० लाख मूल्यको शेयर मंसिर १८ देखि निष्काशन हुने

मध्यभोटेकोशी जलविद्युत आयोजनाले कर्मचारी सञ्चयकोषका बचतकर्ता, संस्थापक संगठित संस्थाका कर्मचारी र ऋणदाता संस्थाका कर्मचारीका लागि पहिलो चरणमा एक सय रुपैयाँ अंकित दरमा एक अर्ब ४४ लाख रुपैयाँ बराबरको एक करोड ४४ लाख कित्ता छुट्टाएको थियो ।

जसमध्ये कर्मचारी सञ्चय कोषका बचतकर्ताको शेयर निष्काशन बन्दपश्चात मंसिर १८ देखि २६ गतेसम्म संस्थापक संस्थाका कर्मचारी तथा ऋणदाता संस्था कर्मचारी सञ्चय कोषका कर्मचारीका लागि दुई करोड ७० लाख मूल्यको २७ लाख कित्ता शेयर निष्काशन गर्ने भएको छ ।

निष्काशन हुने कूल २७ लाख कित्ता शेयरमध्ये संस्थापक संस्थाका कर्मचारीका लागि ३.५ प्रतिशत अर्थात २१ लाख कित्ता तथा ऋणदाता संस्था कर्मचारी सञ्चयकोषका कर्मचारीका लागि ६ लाख कित्ता शेयर छुट्याइएको छ ।

जलविद्युत आयोजना र कर्मचारी सञ्चयकोषका बीचमा भएको सम्झौता अनुसार २०६८ मंसिर २२ मा बहाल रहेका संस्थापक संगठित संस्थाका कर्मचारी तथा ऋणदाता संस्था कर्मचारी सञ्चय कोषका कर्मचारीले मात्र शेयरमा आवेदन गर्न सक्नेछन् ।

संगठित संस्थाका कर्मचारीले न्यूनतम ५० कित्तादेखि ५०० कित्तासम्मका र ऋणदाता कर्मचारी सञ्चयकोषका कर्मचारीले कम्तीमा ५० कित्तादेखि १२०० कित्तासम्मका आवेदन गर्न सक्नेछन् ।

सिन्धुपाल्चोक बासीका लागि ६० करोड र सर्वसाधारणलाई ९० करोड बराबरको

मध्यभोटेकोशी जलविद्युत आयोजनाले दोस्रो चरणमा आयोजना प्रभावित सिन्धुपाल्चोक बासीका लागि एक सय रुपैयाँ अंकित दरमा ६० करोड बराबरको ६० लाख कित्ता आईपिओ निष्काशन गर्नेछ ।

आयोजना प्रभावित सिन्धुपाल्चोक बासीका शेयर निष्काशनपछि तेस्रो चरणमा सर्वसाधारणका लागि एक सय रुपैयाँ अंकित दरमा ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता शेयर निष्काशन गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले पहिलो चरणमा एक सय रुपैयाँ अंकित दरमा अङ्कित दरका एक करोड ४४ लाख कित्ता साधारण शेयर बिक्रीका लागि नेपाल धितोपत्र बोर्डबाट गत असोज २९ गते कम्पनीले स्वीकृति पाएको थियो ।

कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको निर्माण गरिरहेको छ । कम्पनीको अधिकृत पूँजी छ अर्ब २१ करोड रुपैयाँ छ भने जारी पूँजी छ अर्ब रुपैयाँ छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।