नाडेप लघुवित्तले कति प्रस्ताव गर्यो लाभांश ?

Nov 30, 2018 Merolagani

केही समय अगाडि मात्र साधारण शेयर जारी गरेको नाडेप लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई लाभांश प्रस्ताव गरेको छ। 

लघुवित्तको सञ्चालक समिति बैठकले ३० प्रतिशत बोनस तथा कर प्रयोजनका लागि २५ लाख २६ हजार ३१५ रूपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

 

 

नाडेपको खुद नाफा भने गत अार्थिक वर्ष ३२.७३ प्रतिशतले घटेको थियो । अघिल्लो आवमा सात करोड दुर्इं लाख कमाएको लघुवित्तले ०७४/७५ मा ४ करोड ७२ लाख मात्र खुद नाफा आर्जन गरेको थियो ।

गत असारमा ४ लाख ८० हजार कित्ता साधारण शेयर निष्काशन गरेकाे नाडेप लघुवित्तले मंसिर २३ गते देखि पुस २९ गतेसम्म चुक्ता पूँजीको शतप्रतिशत अर्थात १६ लाख कित्ता हकप्रद हकप्रद शेयर बिक्री गर्न लागेको छ। मंसिर ६ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद खरिद गर्न सक्नेछन् ।

१६ कराेड रूपैयाँ पूँजी रहेकाे लघुवित्तले चालू आर्थिक वर्षको प्रथम त्रैमासमा एक करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेर प्रतिशेयर आम्दानी ३४ रुपैयाँ ७७ पैसा कायम गरेको छ । ४ कराेड ८० लाख रूपैयाँ बाेनस शेयर र १६ कराेडकाे हकप्रद पश्चात कम्पनीकाे चुक्त्ता पूँजी ३६ कराेड ८० लाख रूपैयाँ पुग्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।