तिनाउ विकास बैंकले लाभांश पारित गर्न बोलायो साधारण सभा, मर्जरमा जाने संकेत

Nov 30, 2018 Merolagani

तिनाउ विकास बैंक (@TNBL@) ले उपयुक्त बैंक तथा वित्तिय संस्थासँग मर्जर वा एक्वीजिशनमा जाने संकेत गर्दै वार्षिक साधारण सभाको आह्वान गरेको छ ।

बैंकले गत वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई १२ प्रतिशत शेयर र कर बापतको नगद लाभांश पारित गर्ने प्रस्ताव सहित साधारण सभा बोलाएको हो ।

बैंकले सभामा चुक्ता पूँजीको १२ प्रतिशतले हुन आउने रकम ६ करोड ८ लाख ३२ हजार रुपैयाँ बराबरको बोनस र कर प्रयोजनका लागि ३२ लाख एक हजार ६९४ रुपैयाँ नगद लाभांश स्वीकृत गर्ने भएको छ ।

बैंकको बाह्रौं बार्षिक साधारण सभा पुस ७ गते शनिबार बिहान ९ बजे क्लब डेनोभो प्रा.लि बुटवलमा हुने भएको छ ।

साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर २४ गते बुकक्लोज गर्ने जनाएको छ । जसअनुसार मंसिर २३ गतेसम्म कायम शेयरधनीले मा लाभांश र सभामा भाग लिन पाउनेछन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।