मल्टीपर्पस फाइनान्स ८६४.४७ प्रतिशत हकप्रदको अनुमति माग्दै धितोपत्र बोर्डमा

Nov 30, 2018 Merolagani

मल्टीपर्पस फाइनान्स (MPFL) ले ८६४.४७ प्रतिशत हकप्रद शेयर जारी गर्न धितोपत्र बोर्डमा आबेदन दिएको छ । फाइनान्सले एकको अनुपात ८.६५ कित्ताका दरमा हकप्रद जारी गर्न बोर्डमा अनुमति माग गरेको हो । 

चार करोड १४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सको चुक्ता पूँजी हकप्रद बिक्रीपछि ४० करोड रुपैयाँ पुग्नेछ ।

फाइनान्सले राष्ट्र बैंकको निर्देशन अनुरुप चुक्ता पूँजी वृद्धि गर्न हकप्रदको प्रकृया थालेको हो ।

फाइनान्सको हकप्रद शेयर बिक्री प्रबन्धकमा सिभिल क्यापिटललाई नियुक्त गरेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मल्टिपर्पोजले ५ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यस अवधिमा फाइनान्सको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ६० पैसा र नेटवर्थ १५१ रुपैयाँ २५ पैसा छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।