एभरेष्ट इन्स्योरेन्सको संस्थापक हकप्रद खुल्यो, कार्तिक २६ सम्म कायम शेयरधनीले पाउने

Dec 02, 2018 Merolagani

एभरेष्ट इन्स्योरेन्स (EIC) ले मंसिर १६ गते (अाज) देखि एक कित्ता बराबर १.०५ कित्ताको अनुपातमा संस्थापक हकप्रदमा आवेदन खुला गरेको छ। कम्पनीले १४ लाख तीन हजार ३२५ कित्ता हकप्रद शेयर बिक्रीमा ल्याएकाे हाे ।

अहिले निष्काशन गरिएको सबै शेयर संस्थापक शेयर कायम हुनेछ । यस शेयरमा कार्तिक २६ गतेसम्म कायम रहेका शेयरधनीले आवेदन गर्न सक्नेछन् ।

यसअघि शतप्रतिशत (सबै) सर्वसाधारण शेयरधनी रहेको यस इन्स्योन्सले संस्थापक शेयर बिक्री गर्न लागेको हो । 

एभरेष्ट इन्स्योरेन्सलाई संस्थापकको हिस्सा ५१ प्रतिशत बनाउन यसअघि बीमा समितिले दिएको निर्देशन अनुसार उसले संस्थापक हकप्रद निष्काशन गरेको हो ।

हकप्रद आवेदनको लागि एभरेष्ट इन्स्योरेन्सका शाखा कार्यालय, सिद्धार्थ क्यापिटल नक्साल र धितोपत्र बोर्डबाट सि आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरुबाट ७७ जिल्लाबाटै आवेदन गर्न सकिनेछ । यसका अतिरिक्त मेरो शेयर प्रयोगकर्ताले इन्टरनेटको प्रयोग गरेर घरबाटै पनि आवेदन दिन सक्नेछन् । हकप्रद शेयरमा आवेदन गर्ने अन्तिम दिन पुस २२ गतेसम्म रहेको छ ।

हकप्रद बिक्री पश्चात कम्पनीमा संस्थापक शेयरधनीको स्वामित्व ५१.२२ प्रतिशत र सर्वसाधारणतर्फ ४८.७८ प्रतिशत कायम हुनेछ भने चुक्ता पूँजी २७ करोड ३९ लाख रुपैयाँ पुग्नेछ।

संस्थापक हकप्रद निष्काशन पश्चात कायम हुने चुक्ता पूँजीको कम्पनीले फेरि ३०० प्रतिशत हकप्रद जारी गरेर बीमा समितिले तोकेको न्यूनतम एक अर्ब चुक्ता पूँजी कायम गर्ने प्रकृयामा कम्पनीमा रहेको छ ।

एभरेष्ट इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४६ लाख १४ हजार रुपैयाँ खुद नाफा गरेको छ । गत वर्षको सोहि अवधिमा ४४ लाख ८५ हजार खुद नाफा गरेको थियो ।

इन्स्योरेन्सले यस अवधिमा ७ करोड ३८ लाख रुपैयाँले खुद बीमा शुल्क बढाएर ९ करोड ८८ लाख रुपैयाँ आर्जन गरेको छ ।

कम्पनीको जगेडा कोषमा ११ करोड सात लाख रुपैयाँ , बीमा कोषमा १९ करोड ६८ लाख रुपैयाँ संचित छ । इन्स्योरेन्स कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ४५ पैसा छ ।कम्पनीको प्रतिकित्ता शेयरमूल्य ७७५ रुपैयाँ रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।