एभरेष्ट बैंकले पुस १० गते वार्षिक साधारण गर्ने,यस्ता छन् मुख्य एजेण्डा

Dec 02, 2018 Merolagani

एभरेष्ट बैंक (EBL) ले आगामी पुस १० गते बैंकको साधारण सभा गर्ने भएको छ । बैंकले लैनचौर बैंक्वेटमा बिहान ११ बजे बैंकको २४ औं वार्षिक वार्षिक साधारण सभा आह्वान गरेको हो ।

बैंकले साधारण सभा मार्फत गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको २० प्रतिशत नगद लाभांश अनुमोदन हुनेछ ।

त्यस्तै लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण, र नाफाल नोक्सान सहित बैंकको वासलात छलफल पारित गर्ने लगायतका एजेण्डा सभामा रहेका छन् ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि बैंकले यहि मंसिर २६ गतेदेखि बैंकको शेयर दर्ता पुस्तिका बन्द (बुकक्लोज) गर्ने भएको छ ।

यसअनुसारस बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म कायम रहने शेयरधनीले बैंकको लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागिता जनाउन पाउनेछन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।