जीवन बीमा कम्पनीहरुको पाँच अर्ब ६८ करोड रुपैयाँको आईपिओ आउने

Dec 03, 2018 Merolagani

- अरूण पाख्रेन।
गत वर्षदेखि सञ्चालनमा आएका नौं वटा जीवन बीमा कम्पनीहरुले सर्वसाधारणमा ५ अर्ब ६८ करोड ५० लाख रुपैयाँ बराबरको साधारण शेयर (आईपिओ) निष्काशन गर्ने भएका छन्।आईपिओ निष्काशनका लागि कतिपयले बिक्री प्रबन्धक छनौट गरिसकेका छन् केहि जीबन बीमा कम्पनीको बाँकी छ ।

बीमा समितिले तोकेको न्यूनतम दुई अर्ब पूँजी कायम गर्नका लागि चालू आर्थिक वर्षमा यी कम्पनीहरुले आईपिओ जारी गरेर पुर्याउने तयारी गरेका हुन् ।

नौं वटै जीबन बीमा कम्पनीहरुकाे जारी पूँजीको ७० प्रतिशत अर्थात संस्थापक तर्फको १३ अर्ब २६ करोड ५० लाख रुपैयाँ चुक्ता भईसकेको छ । बाँकी ३० प्रतिशत अर्थात ५ अर्ब ६८ करोड ५० लाख रुपैयाँ भने सर्वसाधारणलाई शेयर निष्काशन पश्चात कायम हुनेछ ।

नयाँ जीबन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै एक अर्ब ७५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको सिटिजन लाईफ इन्स्योरेन्सले ७५ करोड रुपैयाँको आईपिओ निष्काशन गर्ने तयारी गरेको छ । आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी नयाँ बीमा कम्पनीमध्येकै धेरै दुई अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।

हाल संस्थापकहरुबाट एक अर्ब २० करोड रुपैयाँ पूँजी चुक्ता भैसकेको ज्योति लाइफले ३० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ आईपीओ निष्काशन गर्नेछ । ज्योति लाइफले वि.सं. २०७४ माघ १० गतेको साधारण सभाबाट जारी पूँजीको ३० प्रतिशत आईपिओ निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको छ । आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी दुई अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।

अर्को जीवन बीमा कम्पनी युनियन लाइफले पनि ६४ करोड ५० लाख रुपैयाँ आईपिओ निष्काशन गर्ने प्रस्ताव कम्पनीको यसअघिको साधारण सभाबाट पारित गरिसकेको छ । संस्थापकहरुबाट एक अर्ब ५० करोड ५० लाख रुपैयाँ चुक्ता भैसकेको युनियन लाइफको ३० प्रतिशत आईपिओ निष्काशन पश्चात दुई अर्ब १५ करोड रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

यस्तै संस्थापकहरुबाट एक अर्ब ४७ करोड रुपैयाँ चुक्ता पूँजी कायम गरिसकेको रिलायन्स लाइफले ६३ करोड रुपैयाँको आईपिओ निष्काशन गरेर दुई अर्ब १० करोड रुपैयाँ चुक्ता पूँजी पुर्याउने तयारी गरेको छ ।

रिलायबल लाईफ, सन नेपाल लाईफ, आइएमई लाईफ, सानिमा लाईफ र प्रभु लाइफ इन्स्योरेन्स गरि पाँचवटै कम्पनीले ६० करोड रुपैयाँका दरले ३ अर्ब रुपैयाँको आईपिओ निष्काशन गरेर बीमा समितिले तोकेको न्यूनतम दुई अर्ब चुक्ता पूँजी कायम गर्ने तयारीमा रहेका छन् ।

हाल यी पाँचवटै कम्पनीहरुको संस्थापकहरुबाट एक अर्ब ४० करोड रुपैयाँ पूँजी चुक्ता भैसकेको छ । प्रत्येकले ६० करोड बराबरको ६० लाख कित्ता आईपिओ जारी गर्दा सबै कम्पनीहरुको पूँजी बीमा समितिले तोके अनुसार दुई अर्ब कायम हुनेछ ।

आईपिओ निष्काशन गर्ने नौ कम्पनीमध्ये सन नेपाल लाइफले आईपिओको रेटिङ्ग समेत गराइसकेको छ । सन नेपाल लाइफको आईपिओलाई केयर रेटिङ्ग नेपालले ग्रेड ४ दिएको छ। जसले औसत भन्दा कमजोर वित्तीय अवस्था रहेका कम्पनी भन्ने जनाँउछ ।

सन नेपाल लाइफले गत फागुन ४ गतेको साधारण सभाबाट आईपिओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो। 

पाँच अर्ब ६८ करोड ५० लाख रुपैयाँ बराबरको आईपिओ निष्काशन पश्चात नौं जीबन बीमा कम्पीहरुको कूल चुक्ता पूँजी १८ अर्ब ९५ करोड रूपैयाँ पुग्नेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।