कम्पनीले प्रस्तावित लाभांश पारित गर्न पुष १२ गते बिहीबार २७ औं साधारण सभा आह्वान गरेको छ ।
साधारण सभाका प्रयोजनका लागि मंसिर २८ गतेदेखि पुष १२ गतेसम्म शेयरधनी किताब बन्द गर्ने भएको छ ।
कम्पनीले अघिल्लो बर्ष २५ प्रतिशत नगद तथा दश प्रतिशत बोनस वितरण गरेको थियो । कम्पनीको शेयर अन्तिम पटक प्रतिकित्ता २१३ रुपैयाँमा कारोबार भएको थियो। जसको नेप्सेमा नियमित कारोबार हुने गरेको छैन् ।
नेपाल ल्यूब आयलले गल्फ ब्राण्डका लुब्रिकेन्टस् तथा केमिकलहरुको उत्पादन तथा बिक्री वितरण गर्नेगर्छ ।