संघीय संरचना अनुसार ब्रोकर लाइसेन्स वितरण गर्न निर्देशन

Dec 03, 2018 Merolagani

धितोपत्र बोर्डले संघीय संरचना अनुसार धितोपत्र दलाल व्यवसायीको अनुमतिपत्र प्रदान गर्न नेप्सेलाई निर्देशन दिएको छ। बोर्डले विभिन्न प्रदेशहरुमा आर्थिक रुपमा सक्रिय जिल्ला/स्थानहरुमा (काठमाण्डौ उपत्यका बाहेक) स्थानीय स्तरमा ब्रोकर लाइसेन्स वितरणको आवश्यक कार्य अगाडि बढाउन नेप्सेलाई निर्देशन दिएको हो।

धितोपत्रको प्राथमिक बजार देशव्यापी रुपमा विस्तार भैसकेकोमा धितोपत्रको दोस्रो बजारलाई समेत विस्तार गर्ने उद्देश्यले बोर्डले संघीय संरचना अनुसार ब्रोकर लाइसेन्स वितरण गर्ने कार्य अगाडि बढाएको प्रवक्ता निरज गिरीले बताए । 

देशमा संघीय संरचना अनुसार प्रादेशिक सरकार निर्माण भैसकेको र प्राथमिक बजारसँगै धितोपत्रको दोस्रो बजारलाई पनि सोही अनुरुप प्रतिस्पर्धात्मकरुपमा विस्तार गर्न आवश्यक भएको देखिएकोले स्थानीय स्तरमा ब्रोकर विस्तार गर्न लागिएको बोर्डले जनाएको छ ।

धितोपत्र व्यवसायीले धितोपत्र व्यवसाय गर्नका लागि धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ अनुसार धितोपत्र बजारको सिफारिश सहित बोर्डमा निवेदन दिने व्यवस्था रहेकोले बोर्डले उक्त कार्य अगाडि बढाउनका लागि नेप्सेलाई निर्देशन दिएको  गिरीले जानकारी दिए ।

स्थानीय स्तरमा ब्रोकर विस्तारले विद्यमान वजारको अवस्था तथा  दायरा फराकिलो हुने बोर्डको विश्वास छ । स्थानीय स्तरका व्यवसायी हुँदा उक्त व्यवसाय प्रतिको अपनत्वको साथै स्थानीय पूँजी परिचालन भई स्थानीय स्तरमा समेत धितोपत्र बजारको दायरा फराकिलो हुने तथा स्थानीय स्तरको व्यवसायी प्रति लगानीकर्ताको विश्वास, धितोपत्र दलाल व्यवसायीमा हुने जोखिम न्यूनिकरण हुने अपेक्षा गरेको छ ।

आर्थिक बर्ष २०७५/०७६ को धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रमा धितोपत्रको दोस्रो बजारको पहुँच विस्तार गरी धितोपत्र बजार मार्फत् स्थानीय स्तरमा रहेको बचत तथा लगानीलाई दीर्घकालीन पूँजी परिचालनको मूल प्रवाहमा ल्याउन आर्थिकरुपमा सम्भाव्य जिल्ला/स्थानहरुमा धितोपत्र दलाल सेवा सञ्चालन अनुमति दिने कार्यक्रम निर्धारण गरेको छ ।

धितोपत्रको प्राथमिक बजार ७७ जिल्लामा विस्तार भै सकेको परिप्रेक्ष्यमा उल्लेखित व्यवस्था कार्यान्वयनमा आए पश्चात स्थानिय स्तरमा रोजगारीको स्तर वृद्धि हुने तथा धितोपत्रको दोस्रो बजार कारोबार सुविधा समेत देशव्यापीरुपमा विस्तार भई समग्र पूँजी बजारको दायरा फराकिलो हुने बोर्डको विश्वास रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।