सार्वजनिक खरीदसम्बन्धी प्रदेश नं ५ को कार्यविधि स्वीकृत

Dec 04, 2018 RSS

प्रदेश नं ५ सरकारले सार्वजनिक खरीदसम्बन्धी अन्तरिम कार्यविधि २०७५ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेको विधेयकलाई स्वीकृति प्रदान गरेको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए।

सार्वजनिक निकायले निर्माण कार्य, मालसामान खरीद र अन्य सेवा लिँदा एक करोड रुपैयाँसम्मको लागत अनुमान राजपत्राङ्कित तृतीत श्रेणीको कार्यालय प्रमुखबाट स्वीकृत गराउनुपर्ने, रु पाँच करोडसम्मको राजपत्राङ्कित द्वितीय श्रेणीको कार्यालय प्रमुखबाट र रु पाँच करोडभन्दा माथिको लागत अनुमान विभागीय प्रमुखबाट स्वीकृत गराउनुपर्ने निर्णय बैठकले गरेको प्रवक्ता चौधरीले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले सहकारी व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभासमक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ । यसैगरी दाङको घोराही उपहानगरपालिकाको वडा सिमाना हेरफेर सम्बन्धमा नगरपालिकाले गरेको प्रस्ताव केन्द्रीय सरकारसमक्ष पठाउने निर्णय गरेको छ ।

प्रवक्ता चौधरीका अनुसार घोराही उपहानगरपालिका–८ ढिकापुर गाउँलाई उक्त वडाबाट हटाई वडा नं ९ मा गाभ्ने उक्त नगरपालिकाको प्रस्ताव सरकारसमक्ष पठाउने निर्णय बैठकले गरेको छ ।

comments powered by Disqus

BREAKING : रसुवागढी र सान्जेन जलविद्युतको आइपिओ भर्ने अवधि थपियो, कहिलेसम्म गर्न पाइन्छ आवेदन ?

Apr 23, 2019

रसुवागढी र सान्जेन जलविद्युत आयोजनाको साधारण शेयरमा आवेदन गर्ने समय थप गर्न धितोपत्र बोर्डले शेयर निष्काशन तथा बिक्री प्रबन्धकहकरुलाई निर्देशन दिएको छ । बोर्डमा लगानीकर्ताहरुले सिडिएससीको मेरो शेयरबाट शेयर आवेदन गर्न नसकेको भनी गरेको गुनासोका आधारमा धितोपत्र बोर्डले यस्तो निर्देशन दिएको हो ।