मध्य भोटेकोशीको दोस्रो चरणको आईपिओ बुधबार देखि, बाँडफाँड एकैपटक पुसमा

Dec 04, 2018 Merolagani

मध्य भोटेकोशीको पहिलो चरणमा कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताका लागि निष्काशन गरेको आईपिओ पुसमा मात्रै बाँडफाँड हुने भएको छ । कम्पनीको शेयर बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार दोस्रो चरणको शेयर निष्काशन पश्चात एकैपटक बाँडफाँड हुनेछ ।

कम्पनीले मंसिर १९ गते देखि २६ गते सम्म दोस्रो चरणमा संस्थापक संगठित संस्थाका कर्मचारी र ऋणदाता संस्था कर्मचारी संचयकोषका कर्मचारीहरुलाई शेयर निष्काशन गर्दैछ ।

त्यसपछि मात्रै दुबै चरणमा निष्काशन भएको शेयर एकैपटक वितरण गर्ने तयारी रहेको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

कम्पनीले पहिलो चरणमा कार्तिक २८ गते देखि मंसिर १४ गते सम्म कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताका लागि एक करोड १७ लाख कित्ता शेयर निष्काशनमा ल्याएको थियो ।

दोस्रो चरणमा संस्थापक संगठित संस्थाका कर्मचारीका लागि २१ लाख कित्ता र ऋणदाता संस्था कर्मचारी संचयकोषका कर्मचारीहरुका लागि ६ लाख कित्ता शेयर मंसिर १९ गते देखि आबेदन खुल्ला गर्दैछ ।

जसमा संस्थापक शेयरधनीहरुले न्यूनतम ५० कित्तादेखि ५०० कित्तासम्म र ऋणदाता संस्था कर्मचारी सञ्चयकोषका कर्मचारीले ५० देखि अधिकतम १२ सय कित्तासम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको शेयर निष्काशक तथा विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ भने एनआईबिएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, सिभिल क्यापिटल मार्केट, सानिमा क्यापिटल र सीआईबिएल क्यापिटल लिमिटेड सहबिक्री प्रबन्धक रहेका छन् ।

सञ्चयकोषका बचतकर्ता र कर्मचारी तथा संस्थापक संस्थाका कर्मचारीलाई शेयर निष्काशन गरिसकेपश्चात तेस्रो चरणमा आयोजना प्रभावित सिन्धुपाल्चोक बासीका लागि ६० करोड बराबरको ६० लाख कित्ता आईपिओ निष्काशन गर्ने योजना कम्पनीको छ । त्यसपछि चौथो चरणमा सर्वसाधारणका लागि ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता शेयर निष्काशन गरिने ग्लोवल आइएमई क्यापिटलले जनाएको छ ।

कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ । कम्पनीको अधिकृत पूँजी छ अर्ब २१ करोड रुपैंया छ भने जारी पूँजी छ अर्ब रुपैंया छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।