जोशी हाइड्रोको आईपिओ भर्ने आज अन्तिम, तीन दिनमा कति पर्यो आवेदन ?

Dec 05, 2018 Merolagani

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (JHDCL) ले मंसिर १६ गते देखि सर्वसाधारणमा निष्काशन गरेको १५ लाख ५५ हजार २३३ कित्ता साधारण शेयर (अार्इपिअाे) मा आवेदन गर्ने मंसिर १९ गते बुधबार (आज) अन्तिम दिन रहेको छ ।

हाइड्रोपावरको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । इच्छुक आवेदकले धितोपत्र बोर्डबाट सि आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट ७७ जिल्लाबाटै आवेदन गर्न सक्नेछन् । 

हाईड्रोपावरको शेयरमा न्यूनतम ५० कित्तादेखि अधिकतम ८ लाख कित्तासम्म आवेदन गर्ने व्यवस्था छ । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम प्रत्येक आवेदकलाई न्यूनतम दश कित्ता शेयर दामासहिले बाँडफाँड गर्नुपर्ने हुन्छ ।

हाइड्रोपावर कम्पनीको शेयर मागको तुलनामा उच्च आवेदन परिसकेकालवे लगानीकर्ताले ५० कित्ता अर्थात पाँच हजार रुपैयाँको आवेदन गर्नु नै उपयुक्त देखिन्छ ।

कम्पनीको आईपिओले रेटिङ्ग कम्पनी इक्रा नेपालबाट आईपिओ ग्रेडिङ्गमा वित्तीय अवस्था सबैभन्दा कमजोर जनाउने इक्रा रेटिङ्ग इक्रा एनपि आईपिओ ग्रेड ५’ पाएको छ ।

तीन दिनमा कति पर्यो आवेदन ?

हाइड्रोपावरको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले दिएको जानकारी अनुसार मंसिर १८ गते मंगलबारसम्ममा हाइड्रोको शेयरमा २.६८ गुणा धेरै माग आवेदन परेको छ ।

कम्पनीले सर्वसाधारणमा १५ लाख ५५ हजार २३३ कित्ता बिक्रीमा ल्याएकोमा ५६ हजार ६१७ आवेदनबाट ४१ लाख ७५ हजार ३८० कित्ताको माग भैसकेको छ । बुधबार पर्ने आवेदन यसमा थप हुनेछ । 

जोशी हाइड्रोपावरले यसअघि इलामका स्थानीयका लागि निष्काशन गरेर अवितरित भएको २ लाख ४२ हजार १० कित्ता जोडेर कूल १६ करोड ९० लाख ४७ हजार रुपैयाँ बराबरको एक सय रुपैयाँ अंकित दरकाे १६ लाख ९० हजार ४७० कित्ता बिक्रीमा ल्याएको हो ।

जसमध्ये ५० हजार ७१४ कित्ता हाईड्रोका कर्मचारी र ८४ हजार ५२३ कित्ता सामूहिक लगानी कोषलाई छुट्टाएर बाँकी रहेको १५ लाख ५५ हजार २३३ कित्ता शेयर सर्वसाधारणमा बाँडफाँड हुनेछ ।

कस्तो छ आयोजना ?

जोशी हाइड्रोपावरले इलामको पुवाखोलामा तीन मेगावाट क्षमताको अपर पुवा १ जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । यस आयोजनाको कूल लागत ५५ करोड ३५ लाख रुपैयाँ रहेको छ । यो लागत अनुसार यस आयोजनाको प्रति मेगावाट लागत १८ करोड ४५ लाख रुपैयाँ हुन आउँछ ।

जोशी हाइड्रोपावरले इलामको पुवाखोलामा पहिलो आयोजनाको रुपमा २०७१ माघ १ गतेबाट ३ मेगावाटको अपर पुवा १ आयोजना सञ्चालनमा सञ्चालन गरिरहेको छ। कम्पनीले उक्त आयोजनाबाट व्यवसायिक रुपमा विद्युत उत्पादन गर्दै आएको छ ।

चुक्ता पुँजी ३७ करोड १४ लाख रुपैयाँ भएको यस कम्पनीले इलामका स्थानीयका लागि जारी पूँजीको १० प्रतिशत र सर्वसाधारणको लागि ३९ प्रतिशत गरि कूल ४९ प्रतिशत शेयर बिक्री गरे पूँजी संकलन गर्नेछ । बाँकी ५१ प्रतिशत पूँजी संस्थापकबाट उठाइनेछ । आयोजना निमार्णका लागि आवश्यक पूँजी बैंक ऋणबाट उपयोग गर्नेछ ।

यस्ता छन् मुख्य लगानीकर्ता ?

अपर पुवा १ जलविद्युत आयोजनाको मुख्य लगानीकर्तामा गंगाप्रसाद जोशी, विरेन्द्रबहादुर न्यौपाने, माधव कार्की, रुकमणि राजभण्डारी, शशी कार्की, शिवरतन शारदा, रञ्जना दाहाल रहेका छन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।