नेपाल ल्यूब आयलको कारोबार फुकुवा

Dec 05, 2018 Merolagani

नेपाल स्टक एक्सचेञ्जले नेपाल ल्यूब आयल (NLO) को शेयर कारोबार बुधबार फुकुवा गरेको छ। लाभांश सम्बन्धिको सूचना निर्धारित मितिभन्दा ढिला नेप्सेमा जानकारी गराएका कारण अनुसन्धानका लागि भन्दै नेप्सेले कम्पनीको शेयर कारोबारमा सोमबारदेखि रोकेको लगाएको थियो ।

नेप्सेले मागेको सूचना कम्पनीले बुझाएपछि बुधबारबाट कम्पनीको शेयर कारोबार सुचारु भएको नेप्सेले जनाएको छ । कारोबार खुलेपनि नेप्सेमा सूचीकृत कम्पनीमध्ये यस कम्पनीको शेयर कारोबार विगत केही वर्षयता देखि नै नियमित हुने गरेको छैन। 

नेपाल ल्यूब आयलको मंसिर १३ गते बसेको सञ्चालक समितिको बैंठकले ३० प्रतिशत नगद र १० प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको थियो । उक्त निर्णय नेप्सेले मंसिर १६ गते बजार बन्द भएपछि मात्र सार्वजनिक गरेपछि कम्पनी नेप्सेको जवाफ लेख्न बाध्य बनेको हो ।

नेपाल ल्यूब आयल सँगै एउटै मुद्धामा स्पष्टिकरण सोधिएको नाडेप लघुवित्तको भने अझै शेयर कारोबार खुलेको छैन । यस कम्पनीबमे पनि लाभांश सम्बन्धिको सूचना समयमै नेप्सेमा नबुझाएपछि शेयर कारोबारमा रोक लगाएको छ ।

गत मंसिर १२ गते नाडेप लघुवित्तको संचालक समितिको बैठक बसेको थियो । उक्त बैठकले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशतले हुन आउने ४ करोड ८० लाख रुपैयाँ बोनस शेयर वितरण गर्ने निर्णय गरेको थियो । तर बैंठकले लाभाशं सम्बन्धि निर्णय गरेको दुई दिन पश्चात मात्र कम्पनीले उक्त सूचना नेप्से मार्फत सार्वजनीक गरेको थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।