फ्रान्स सरकारद्धारा इन्धनमा गरिएको कर वृद्धि फिर्ता

Dec 05, 2018 Merolagani

फ्रान्सेली सरकारले इन्धनमा गरिएको कर वृद्धि फिर्ता गरेको फ्रान्सको स्थानीय सञ्चार माध्यमले जनाएका छन्। फ्रान्सेली प्रधानमन्त्री एडुआर्डाे फिलिप तेलमाथि कर वृद्धिको विरोध गरिरहेका प्रदर्शनकारीहरुसँग भेटेर सम्झौता गर्न खोजिरहेका थिए । 

तर प्रदर्शनकारीहरु उनीसँग भेट्नका लागि राजी थिएनन् ।

सरकारले नोभेम्बर १७ मा जनवरी १ देखि लागू हुने गरी पेट्रोल र डिजेलमा कर बढाउने घोषणा गरेको थियो ।

पेटेल–डिजेलमा बृद्धि भएको करको मुद्दालाई लिएर फ्रान्समा नोभेम्बर महिनादेखि नै देशका अलग– अलग ठाउँहरुमा प्रदर्शन भइरहेको थियो । प्रदर्शनले हिंसात्मक रुप लिएपछि प्रधानमन्त्री तेलमाथि कर वृद्धिको निर्णय फिर्ता लिन बाध्य भएको बताइएको छ ।

विगत तीन हप्तायता फ्रान्सका प्रमुख शहरभर प्रदर्शन जारी छ । उक्त प्रदर्शनमा परि हालसम्म ३ जना मानिसले ज्यान गुमाएका छन् भने कयौँ ठाउँमा तोडफोड भएको छ । प्रदर्शन नियन्त्रण बाहिर पुगेपछि प्रधानमन्त्री इदूआ फिलिपले प्रदर्शनकारीहरुसँग सम्झौता गर्न खोजेका थिए । बीबीसी

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।