खाद्यान्नको मूल्य १० प्रतिशतसम्म बढ्ने चेतावनी

Dec 05, 2018 Merolagani

बैंक अफ इंगल्याण्डका गभर्नर मार्क कार्नीले तोकेजसरी ब्रेक्जिट नभए खाद्यान्नको भाउ ५ देखि १० प्रतिशतसम्म बढ्न सक्ने चेतावनी दिएका छन् । कार्नीले ब्रेक्जिटपछि खाद्यान्नको मूल्य अवस्था जटिल रहेमा १० प्रतिशत र सामान्य रहेमा ६ प्रतिशतसम्म बढ्न सक्ने बताएका हुन् ।

बैंक अफ इंगल्याण्ड र त्यहाँका गभर्नरले विभिन्न अवसरमा ब्रेक्जिटको प्रभाव घटाउने प्रयास गरिरहेको बताउँदै आएका छन् ।

यद्यपि अहिलेसम्मको अवस्थाले भने बेलायतको अर्थतन्त्रमा ब्रेक्जिटको प्रभाव नकारात्मक देखिएको छ ।

केन्द्रीय बैङ्कका अधिकारीहरूले ब्रेक्जिटपछि खाद्य सामग्रीमा लाग्न सक्ने अतिरिक्त शुल्क, कमजोर पाउण्ड तथा भन्सारका कारण बेलायतमा खाद्यान्नको मूल्य बढ्न सक्ने बताएका छन् ।

विश्व व्यापार संगठनको नियम अनुसार बेलायतको सामानमा व्यापारिक कर लगाइनेछ । जस अनुसार खनिज इन्धन र औषधीजन्य सामानमा कर नलाग्ने, प्रशोधित खाद्यान्नमा २०–३५ प्रतिशत र मासुजन्य पदार्थमा ४५–५० प्रतिशतसम्म कर लगाइनेछ । बीबीसी

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।