बैंकले २०७५ मंसिर १९ गते देखि लागु हुने गरि नयाँ ब्याजदर कार्यान्वनमा ल्याएको हो । जनता मुद्धती निक्षेपमा वार्षिक १२ प्रतिशत ब्याजदर मासिक भुक्तानी पाइनेछ ।
यस मुद्धती योजनामा ग्रहकहरुले न्यूनतम एक लाखमा ७५ दिन र सो भन्दा बढीको लागि मुद्दती खाता खोल्न सक्नेछन् । यो योजना सीमित अवधिको लागि र ब्यक्तिगत निक्षेपमा लागु गरिएको बैंकले जनाएको छ ।
जनता बैंकले समकालिन वित्तीय बजारलाई मध्येनजर गर्दै ग्राहकहरुको हित संरक्षण हुने गरी निक्षेपमा दिइने ब्याजदर समायोजन गरिएको जनाएको छ ।
साथै बैंकको सम्पूर्ण बचत खाताको ब्याजदर बार्षिक ७ प्रतिशत कायम गरेको छ ।