अाैषधी उत्पादक कम्पनी विजयादीप ल्याबोरेटरिजले पनि अार्इपिअाे ल्याउने

Dec 05, 2018 Merolagani

अाैषधी उत्पादक कम्पनी विजयादीप ल्याबोरेटरिज अाइपिअाे निष्काशन गरि नेप्सेमा सूचीकृत हुने भएको छ । कम्पनीले आगामी पुस २२ गते डाकेको २० औं बार्षिक साधारण सभाबाट कम्पनीलाई नेप्सेमा सूचीकृत गर्नको लागि आवश्यक प्रकृया अगाडि बढाउने तयारी गरेको हो ।

कम्पनीले पुस २२ गते आइतबार बिहान ११ बजे एम्बर्स रेष्टुरेन्ट, पुल्चोक ललितपुरमा साधारण सभा आह्वान गरेको छ ।

कम्पनीले नेप्सेमा सूचीकृत हुन सर्वसाधारणको लागि आईपिओ निष्काशन गर्न आवश्यक प्रकृया अगाडि बढाउन सञ्चालक समितिलाई अनुमति प्रदान गर्ने भएको छ ।

कम्पनीको साधारण सभाबाट आइपिओ निष्काशनको प्रस्ताव पारित भएपश्चात त्यस अनुरुप निष्काशनको प्रकृया थप अघि बढ्नेछ ।

यस्तै कम्पनीले सञ्चालक समितिको आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिबेदन छलफलगरी पारित गर्ने, लेखा परिक्षकको प्रतिवेदन पारित गर्ने र लेखा परिक्षकको नियुक्ती गरी निजको पारिश्रमीक तोक्ने पनि प्रस्ताव रहेको छ ।

विजयादीप ल्याबोरेटरिज औषधि उत्पादन गर्ने कम्पनी हो । अार्इएसअाे ९००१ र १४००१ मान्यता प्राप्त यस  कम्पनीले सन् २००१ देखि अाैषधी उत्पादन गर्दै अाएकाे छ । 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।