अपिले निमार्ण गरेको अप्पर नौगड गाढ आयोजनाले चैत्रबाट विद्युत उत्पादन गर्ने

Dec 05, 2018 Merolagani

अप्पर नौगड गाढ साना जलविद्युत आयोजनाले चैत्र १५ गतेबाट ८ मेगावाट क्षमताको विद्युत उत्पादन गर्ने भएको छ । अपि पावर कम्पनी लिमिटेडले अप्पर नौगड गाढ साना जलविद्युत आयोजना निमार्ण गरेको हो ।

कम्पनीले दार्चुला जिल्लामा निर्माण गरेको यो दोस्रो आयोजना हो ।

अपि पावर कम्पनीले निर्माण गरेको यो ८ मे.वा क्षमताको आयोजनामा नेपाल एस.वि.आई बैंक लि र प्रभु बैक लिमिटेडको सयुक्त लगानी रहेको छ । कम्पनीले यो आयोजना निर्माण पश्चात ४० मे.वा क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको निर्माण कार्य शुरु गर्ने समेत जनाएको छ ।

आयोजनाबाट उत्पादित विद्युत चमेलिया जलविद्युत आयोजनाको बलाँच सवस्टेशनको १३२ के.भि मा जडान हुनेछ । सवस्टेशनको निर्माण कार्य पूर्ण रुपमा सम्पन्न भईसकेको छ ।

कम्पनीले १४ मे.वा क्षमताका सोलार आयोजनाको निर्माण कार्य समेत शुरु गरेको जनाएको छ ।

कम्पनीको यि दुई आयोजनाहरु मिलाई कूल १६.५ मे.वा उत्पादन गर्नेछ । साथै सोलार आयोजना र माथिल्लो चमेलिया गरि ७०.५ मे.वा क्षमताको कम्पनी हुन्  । 

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।