एक एक खबरले प्रभावित बनाउन थाल्यो शेयर बजार, व्याजदरको मिटर बढ्दा बजारमा पहिरो

Dec 05, 2018 Merolagani

वित्तीय क्षेत्रका अधिकांस विषयले छिन छिनमा शेयर बजारलाई नराम्रोसँग प्रभावित बनाउन थालेको छ । २ दिन पहिले स्थानीय तहको पैसा राष्ट्र बैंकबाट वाणिज्य बैंकहरुमा जम्मा भएको खबरले दोहोरो अंकले सुध्रिएको बजार बुधबार निक्षेपको व्याजदरको मिटर बढ्ने खबरले तिब्र गतिमा तल झरेको छ ।

वाणिज्य बैंकहरुले व्यक्तिगत निक्षेपको व्याजदर स्वेच्छिक रुपमा निर्धारण गर्न पाउने निर्णय बैंकर्स संघले गरे पछि त्यसको सिधा असर बुधबारको बजारमा देखिएको हो । निक्षेपको व्याजदर बढ्ने डरमा लगानीकर्ता पछि हट्दा बिक्री चाप बढेको बजार २२.८० अंकले घटेर १११८.१९ अंकमा झरेको छ ।

त्यस्तै ‘क’ वर्गका कम्पनीको सूचक मापन गर्ने सन्सेटिभ इन्डेक्स पनि ४.९१ अंक घटेर २३७.७८ अंकमा झरेको छ ।

बुधबार १५६ कम्पनीका ११ लाख ६८ हजार २३३ कित्ता शेयर ३७ करोड ७२ लाख रुपैयाँमा किनबेच भए । मंगलबार ३८ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको थियो ।

बुधबार कारोबारमा आएका दश उप सूचकहरु तल झरेका छन् । सबै भन्दा धेरै निर्जीवन बीमा कम्पनीको १८५.२६ अंकले उपसमुह तल ओर्लिएको छ । यस्तै जीवन बीमा ९६.०१, विकास बैंक ३३.८८, माइक्रोफाइनान्स ३०.४१ अंकले तल झरेका छन् । वाणिज्य बैंक समुह १५.२२ अंकले ओरालो लागेको बजारमा फाइनान्सको सूचक पनि २.४ अंकले घटेको छ ।

यस दिन नेपाल बैंकको शेयर कारोबार सबैभन्दा धेरै भएको छ । बैंकको ३ करोड ५४ लाख रुपैयाँको कारोबार भएको छ । मंगलबार १६ प्रतिशत बोनस शेयर घोषणा गरेको ग्लोबल आईएमई बैंकको २ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यस्तै मिर्मिरे माइक्रोफाइनान्सको संस्थापक शेयर २ करोड ५९ लाख रुपैयाँ र एनएमबि बैंकको २ करोड ३७ लाख रुपैयाँको किनबेच भए ।

नबिल बैंकको संस्थापक शेयर, एनआईसी एसिया बैंक, सानिमा बैंक, कुमारी बैंक, प्रभु बैंक र नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको शेयर एक करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

बुधबार हाथवे फाइनान्सको शेयरमूल्य सबै भन्दा बढी ५.७७ प्रतिशतले बढेको छ । यस्तै दिव्यश्वरी हाइड्रोपावरको ३.२३, तिनाँउ विकास बैकको २.३५, कालिका पावर कम्पनीको १.९४, सिटि एक्प्रेस फाइनान्सको १.८३ र गुडविल फाइनान्सको शेयर मूल्य बढेको छ ।

जेविल्स फाइनान्स, रिडि हाइड्रोपावर, सेन्ट्रल फाइनान्स र संग्रिला विकास बैंकका शेयरमुल्य एक प्रतिशत हराहरीमा बढेको छ ।

यता राधि जलविद्युत कम्पनीको शेयरमूल्य ६.८९ प्रतिशतले घटेको छ । हिमालयन डिस्टिलरी, सर्पोट माइक्रोफाइनान्स, कालिका माइक्रोक्रेडिट, नेशनल हाइड्रोपावर, नेरुडे लघुवित्त, युनाइटेड इन्स्योरेन्स, मुत्तिनाथ विकास बैंक, आईएमइ जनरल इन्स्योरेन्स र विजय लघुवित्त लगायतको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ ।

नेप्सेमा सूचीकृत कम्पनीहरुले प्रस्ताव गर्ने लाभांप्रति लगानीकर्ता धेरै आशावादी थिए । तर अधिकांस कम्पनीहरुले नगद लाभांसलाई प्राथमिकतामा राख्दा पनि लगानीकर्ता बजारप्रति उत्साहित हुन नसकेका हुन् ।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।