अनलाइन कारोबारका लागि सम्झौता पत्र तयार गर्दै नेप्से, ब्रोकरको नमूना मात्रै

Dec 05, 2018 Merolagani

पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली मंसिर २३ गतेबाट शेयर बजारका लगानीकर्ताको हात हातमा पुर्याउने घोषणा गरेको नेप्सेले अनलाइन कारोबार अघि लगानीकर्ता र ब्रोकर बीच गरिने सम्झौता पत्र निमार्णमा जुटेको छ ।

अनलाइन कारोबार प्रणाली प्रभावकारी नभएको भन्दै गत साता नेप्से घेराउ गर्न पुगेका लगानीकर्ता माझ नेप्से प्रमुखले सो प्रतिबद्धता जनाएका थिए ।

नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरि पराजुलीले यसै हप्ता भित्रमा सम्झौता पत्र तयार हुने जानकारी गराएका छन् ।

यस अघि स्टक ब्रोकर एशोसिएसनले लगानीकर्ता र ब्रोकरबीच हुने सम्झौता पत्रको नमूना सार्वजनिक गरेको थियो । त्यसका कतिपय बुँदामा लगानीकर्ताले असहमति जनाउँदै आएका थिए ।

अनलार्इन शेयर कारोबार गर्न ब्रोकर र लगानीकर्ताबीच यस्तो हुनुपर्छ सम्झौता

नेप्सेका अनुसार ब्रोकरले तयार गरेको नभई नेप्सेले तयार गरेको सम्झौता पत्र बमोजिम गर्नुपर्नेछ । सम्झौता पत्रमा लगानीकर्ता र ब्रोकरलाई सन्तुलन गनुपर्ने, जोखिम व्यवस्थापन र लगानीकर्ताको सम्पत्ति सुरक्षामा जोड दिइएकाले सम्झौता पत्र निमार्णमा केहि ढिलाई भएको प्रवक्ता पराजुलीले बताए । 

नेप्सेले बनाउने सम्झौता पत्र धितोपत्र बजारका विभिन्न नीति नियम तथा बिनियमावलीहरुमा आधारीत रहेर तयार गरिने भएका कारण एक पक्षिय नहुने उनको भनाई छ ।

अनलाइन शेयर खरिद बिक्री गर्दा हुन सक्ने जोखिम व्यवस्थापन र शेयर खरिद बिक्रीको प्रक्रियालाई अझ व्यवस्थित बनाउन धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ को उपनियम १० सँग सम्वन्धित विनियमावलीको आधारमा ब्रोकर र लगानीकर्ताबीच सम्झौता हुनुपर्नेछ ।

अघिल्लो साता नेप्से, भेण्डर कम्पनी वाइको र लगानीकर्ताबीच भएको वार्तापछि पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली मंसिर २३ गतेदेखि लगानीकर्ताको हात हातमा पुर्याउने समझदारी भएको थियोे ।

नेप्सले तयार गरेको सम्झौता पत्र अनुसार लगानीकर्ताले आफ्नो ब्रोकरसँग सम्झौता गरेपछि मात्रै पूर्ण स्वचालित अनलाइन प्रणाली मार्फत आफै शेयर कारोबार गर्न पाउनेछन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।