रिलायन्स लाइफ व्यवसाय विस्तारमा आक्रमक, एकैपटक ८ शाखा विस्तार

Dec 05, 2018 Merolagani

रिलायन्स लाइफ इन्स्योरेन्स (RLIL) ले व्यवसाय विस्तारलाई तिब्रता दिन एकैपटक ८ वटा शाखा कार्यालय विस्तार गरेको छ। कम्पनीले नुवाकोट, धादिङ्ग, बेसीशहर, लेखनाथ, पोखरा, लम्जुङ्ग, बेनी, कुस्मा गरी ८ वटा शाखाहरुको समुद्घाटन सम्पन्न गरेको छ ।

सबै शाखाहरुको समुद्घाटन कम्पनीका नायब कार्यकारी अधिकृत निराजन कँडेलका साथमा नुवाकोट शाखाको उद्योग वाणिज्य महासंघ नुवाकोटका अध्यक्ष तारा बहादुर कार्की, धादिङ शाखाको जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाल, बेसीशहर शाखाको लम्जुङ्ग उद्योग वाणिज्य महासंघका अध्यक्ष राजेश थापाले उद्घाटन गरेका छन् । 

त्यसैगरि लेखनाथ शाखाको गण्डकी प्रदेशसभाका सदस्य माननीय मान बहादुर गुरुङ, पोखरा शाखाको जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैन वहादुर क्षेत्री, लम्जुङ्ग शाखाको उद्योग वाणिज्य महासंघका कार्यकारी समिति सदस्य निर्माण कुमार श्रेष्ठ, बेनी शाखाको म्याग्दी क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य माननीय भुपेन्द्र बहादुर थापा र कुस्मा शाखाको पर्वत उद्योग वाणिज्य महासंघका अध्यक्ष केदारनाथ शर्माले उद्घाटन गरेका हुन् ।

समुद्घाटन समारोहमा कम्पनीका पदाधिकारी र स्थानिय बासिन्दाहरुको समेत उपस्थिति रहेको थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।