बजारमा भीषण पहिरो गएपछि यस्तो आयो प्रतिकृया

Dec 05, 2018 Merolagani

बैंकहरुको वित्तीय अवस्था तथा व्याजदरको विषयलाई लिएर शेयर बजारमा दिनहु गिरावट आईरहेको छ । बुधबार निक्षेपको व्याजदर बढ्ने डरमा लगानीकर्ता निराश भए पछि बजार झण्डै १९ अंकले ओरालो लागेको छ । यस पछि बजारमा एक किसिमको तरगं समेत पैदा भएको छ ।

बजारको तिब्र गिरावटका सम्बन्धमा सम्बद्ध व्यक्तिहरुको भनाई :

अनलराज भट्टराई, बैंकर तथा शेयर बजार विष्लेशक

२०७३ मा शेयर बजार उचाइमा रहेको अवस्थामा नेपाल राष्ट्र बैंकले भदौमा जारी गरेको परिपत्रबाट सबै बैंक तथा वित्तीयसंस्थाहरू बाट प्रबाह हुने शेयर कर्जाको सीमा १८० दिनको बजार मूल्यको ५० प्रतिशत निर्धारण गरिएको थियो । त्यस बेला शेयर बजार १७३० बिंदुमा थियो । त्यस यता बजारमा ३५ प्रतिशत गिरावट आईसकेको अवस्थामा शेयर कर्जाको मार्जिन सम्बन्धि ब्यवस्था पुनरावलोकन गरी २०६९ सालको एकीकृत निर्देशनको निर्देशन २ को दफा १६ को उपदफा १ बमोजिमको ब्यवस्था कायम गरेमा घट्दो बजारलाई राहत मिल्नेछ । साथै तरलताको ब्यवस्थापनमा आवश्यक कदम चालेर अहिलेको सिसिडि सिमामा पुनरावलोकन गर्नुपर्ने आवश्यक्ता देखिन्छ ।


अन्जीव तुलाधर, कोषध्यक्ष, नेपाल इन्भेष्टर्स फोरम

व्याजदर र शेयर बजारबिच उल्टो सम्वन्ध हुन्छ । तत्काल व्याजदर बढेकोले त्यसको असर बजारमा देखिए जस्तो लागे पनि बजार बढ्न नसक्नुको प्रमुख कारण बजारप्रति सरकारको उपेक्षा नै हो । शेयर आपूर्तिको व्यवस्थापन अर्को कारण होला तर मुख्य कारण होइन । १२, १३ प्रतिशत व्याजदर मद्दति निक्षेपमा पाउने भएपछि शेयर बजार मात्र होइन सबै आर्थिक क्षेत्रमा यसको नकरात्मक असर पर्छ । यस्तो परिस्थिति आउँदा पनि नियामक निकाय राष्ट्र बैक मौन बस्नु ठीक होइन । यसले सरकारको ८ प्रतिशतको आर्थिक बृद्धिलाई कतैबाट पनि टेवा दिँदैन ।

बैकहरुले घरजग्गा, रियलस्टेट लगायतमा लगानी डुवाएका हुनसक्छन् तर शेयर बजारमा गरेका लगानी डुवेको छैन । यस्तो अवस्थामा चुक्तापूँजीको २५ प्रतिशत कर्जा दिने मौद्रिक नीतिको प्रावधानले बजार उस्कदैन । कुल कर्जाको २५ प्रतिशत कर्जा शेयर बजारमा दिइयो भने त्यसले बजारमा अर्कै तरङ्ग ल्याँउछ । शेयर कर्जाको रिस्क वेटेज निर्धारण गर्ने तरीकाले लगानीकर्ताको मनोवल गिराएको छ । रिस्क वेटेज १५० बाट १०० मा झारिनु पर्छ ।
सरकारले तत्काल शेयर बजारलाई प्राथकितामा राखेर काम गर्नुपर्ने देखिन्छ तर त्यसको सामान्य छनक पनि अर्थमन्त्रीले दिन सक्नु भएको छैन ।

दिपेन्द्र अग्रवाल, लगानीकर्ता

शेयर धितो कर्जाको सिमा धितो मूल्यांकनको ५० प्रतिशतमा झेरको अवस्थाले अहिले समस्या उत्पन्न भएको हो । यसको सीमा ८० प्रतिशत पुर्याईयोस । जोखिम भारित अंश १५० प्रतिशत बनाइनु दुखद् कुरा हो । यसलाई १०० प्रतिशत वा सो भन्दा कम कायम गरी सस्तो ब्याजमा कर्जा प्राप्त हुने ब्यवस्था गरियोस ।

प्राथमिक पूँजीको २५ प्रतिशतसम्म हैन, कुल कर्जा लगानीको २५ प्रतिशत रकम बैंक तथा बित्तीय संस्थाले शेयर धितो कर्जा प्रबाह गर्नसक्ने ब्यवस्था होस् ।

पूँजीबजारका सम्बन्धमा न त बजेटमा विषय प्रवेश हुन्छ न त मौद्रिक नीतिमा नै । यो अवस्थाले पनि बजारले सुधारको बाटो समात्न सकिरहेको छैन । अझ भन्ने हो भने सरकारले नेपाली लगानीकर्ता र पूँजीबजारलाई ज्यादै नकरात्मक रुपमा हेरिरहेको छ ।

विदेशी लगानीलाई सुरक्षा दिन तयार हुने राज्यले स्वदेशका लगानीकर्तालाई वेवास्ता गरेको नतिजा अहिले बजारमा देखिँदैछ । यसले बैंकहरुको निष्कृय कर्जा अनुपातलाई असर पार्ने सम्भावना रहन्छ । त्यसो भयो भने अर्थतन्त्रलाई नै समस्यामा पार्ने अवस्था आउन सक्छ । सरकारले बेलैमा आँखा खोलोस् ।

राजु शर्मा, लगानीकर्ता

सेयर बजार ध्वस्त पार्न सारा लागि परेको देखिन्छ । ११३० बाट बजार फर्कन के खोज्दै थियो, बैंकर संघमा आबद्ध बैंकहरुले आफुखुशी मुद्दत्ति र बचतमा ब्याजदर निर्धारण गर्न पाउने भनि निर्णय गरिदियो । फलस्वरूप बैंकहरुले १२।५ सम्मको ब्याजदरको अफर ल्याइसके । यसले नै बुधबार बजारमा भीषण पहिरो पहिरो गयो । बजार ध्वस्त बनिसक्दा पनि सरकारको ध्यान शेयर बजार तिर किन नगएको ? पुँजी बजारको विकास बिना देशमा आर्थिक विकासको सम्भवना छैन भन्ने कुरा बुझेको खोइ यो सरकारले ?

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।